बेनी, मङ्सिर-२१, म्याग्दीका तुल्मराम राम्जालीले जन्मदिनको अवसरमा परोपकारी संस्था ओम कुमारी शान्ती कोषलाई आर्थिक सहयोग गर्नुभएको छ । आफ्नो ६० औं जन्मदिनको अवसरमा जिल्लाको अन्नपुर्ण गाउन्पालिका वडा न १ दोबाका राम्जालीले ५० हजार सहयोग गर्नु भएको हो । विपन्नको उपचारमा सहयोग गर्नेगरी कोषका अध्यक्ष राजेश शाक्य र कोषाध्यक्ष विनय श्रेष्टलाई उक्त रकम हस्तान्तरण गर्नुभएको हो ।
“जन्मदिनको अवसरमा अनावाश्यक खर्च र संस्कार प्रति मेरो कुनै मोह छैन त्यसैले मैले यस संस्थामार्फत म्याग्दीका गरिव र बिपन्न व्यक्तिको उपचारमा सहयोग होस् भन्ने उद्देश्यले संस्थालाई सहयोग गरेको हु”उहाँले भन्नुभयो । कोषको विधानमा ५० हजार भन्दा माथि सहयोग गर्ने व्यक्तिलाई गोल्डेन संरक्षक सदस्यता प्रदान गर्ने ब्यबस्था भए अनुसार उहाँलाई शान्तिकोषले गोल्डेन संरक्षक सदस्यता प्रदान गरेको छ ।
सोहि कार्यक्रममा म्यग्देको बेनीमा संचालित उज्यालो बैकल्पिक विद्यालयलाई १० हजार सहयोग गरिएको छ । उक्त १० हजार रकम हंगकंग महिला बिभाग र मोना हंगकंगका पुर्व अध्यक्ष दल शेराबुजाले ५/५ हजार गरि प्रदान गर्नु भएको हो । विभिन्न कारणले स्कुल जान नपाएका आमा दिदीहरु उज्यालो बैकल्पिक विद्यालय मार्फत पढ्ने इक्शालाई निरन्तरता दिदै SEE समेत उत्तीर्ण गरेको कुराले आफु अत्यन्तै खुशी भएको शेर्ब्युजाले बताउनुभयो । उहाँले भविष्यमा विद्यालयलाई सहयोग गर्ने प्रतिबद्दता समेत जनाउनुभएको छ । कार्यक्रम कोषका अध्यक्ष राजेश शाक्यको अध्यक्षता, प्रथम प्रथम उपाध्यक्ष हरिकृष्ण गौतमको स्वागत र संचालन सचिव लोकेश पुनले गर्नुभएको थियो ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )