जलजला, मङ्सिर-१५, पर्वतको जलजला-५ लेखफाटमा ६ महिने सिलाइ-कटाई तालिमको समापन गरिएको छ । धौलागिरी सीप विकास केन्द्र बाग्लुंग र जलजला-५ को संयुक्त आयोजनामा संचालित सिलाइ कटाई तालिमको एक कार्यक्रमबीच मंगलबार समापन गरिएको हो । तालिममा ४४ जना प्रशिक्षार्थी सहभागी रहेका थिए । तालिमको लागी प्राबिधिक सहयोग धौलागिरि सिप बिकास केन्द्र बाग्लुंग र प्रतिव्यक्ति ४ हजार ५ सयका दरले जलजला गाउँपालिकाका उपाध्यक्ष सिमा गर्बुजापुनले उपलब्ध गराउनुभएको थियो ।
समापन कार्यक्रममा प्रशिक्षार्थीहरुले आफुले सिकेको सिप आर्थिकोपार्जनका लागी सहायक बन्ने कुरा बताएका थिए । प्पालिकाको ५ नम्बर वडाले गरेको यस्तो उत्कृष्ट कार्यले महिलाहरुलाई आत्मनिर्भर बन्न सघाउने कुरा जलजाला गाउँपालिकाका उपाध्यक्ष सिमा गर्बुजा पुनले बताउनुभयो । कार्यक्रममा प्रमुख अतिथि सिमा गर्बुजाले सहभागीलाई प्रमाणपत्र वितरण समेत गर्नुभएको थियो । कार्यक्रम वडा नं ५ का अध्यक्ष तिलक बहादुर जिसीको अध्यक्षतामा सम्पन्न भएको थियो कार्यक्रममा जिल्ला समन्वय समिति पर्बतका सदस्य ओम रेग्मी, जलजला गाउँपालिकाका राजनैतिक सल्लाहकार याम शर्मा लगायतको उपस्थिति रहेको थियो ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )