म्याग्दी, मङ्सिर-९, बेनी, ९ मंसिर । म्याग्दीको मालिका गाउँपालिका–१ निस्कोटमा बिहिबार नेकपा माओवादी केन्द्रको प्रथम वडा अधिबेशन सम्पन्न भएको छ । अधिबेशनले रमेश पुनको अध्यक्षतामा २९ सदस्यीय वडा कमिटी चयन गरेको छ । उपाध्यक्षमा कबिर गोतामे, सचिबमा पुकार घर्ति, सहसचिबमा सुनमाया सेती र कोषाध्यक्षमा प्रेमिका सेती रहनुभएको छ ।
अधिबेशनलाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्र म्याग्दीका संयोजक रेशम जुग्जालीले गणतन्त्र, संघीयता, समावेशी ब्यवस्था लगायत माओवादी आन्दोलनबाट प्राप्त भएको उपलब्धिलाई संस्थागत गर्न, संबिधान र देशको संरक्षणका लागि माओवादी पार्टीलाई बलीयो बनाउनुपर्ने बताउनुभयो ।
कार्यक्रममा माओवादीका जिल्ला सदस्य गौरी सेञ्चुरी, दोरण शेरचन लगायतको उपस्थिति थियो । निस्कोट सहित मालिका गाउँपालिकाको ७ वटै वडामा माओवादी केन्द्रको वडा अधिबेशन र नेतृत्व चयन भएको छ । यसअघि वडा न. २ देखि ७ को अधिबेशनबाट नेतृत्व चयन भएको थियो ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )