पर्वत, कार्तिक-१४, नेकपा(एमाले) कुस्माको कार्यसमिति सर्वसम्मत रुपमा निर्वाचित भएको छ । प्रथम नगर अधिबेशनबाट बनेको अध्यक्ष मण्डल र जिल्ला अध्यक्ष तथा प्रतिनिधीसभा सदस्य पदम गिरीको उपस्थितिमा दुई दिन सम्म भएको लामो छलफलले नगर समिति सर्वसम्मत रुपमा चयन गरेको हो ।
निर्वाचित कमिटीको अध्यक्षमा मिनप्रसाद श्रेष्ठ, उपाध्यक्षमा किशोर सापकोट, सचिबमा गणेश पौडेल र उपसचिबमा अर्जुन निर्जन पौडेल र स्वस्थानी रिजाल रहनुभएको छ । अध्यक्ष पदमा मिन प्रसाद श्रेष्ठको मात्रै उमेदवारी परेको थियो भने उपाध्यक्षमा सापकोटा सहित अर्जुन निर्जन पौडेल र अदित जुरुङ्गको उमेदवारी परेको थियो
नेकपा एमालेको नगर अधिवेशनलाई सर्वसहमत बनाउनका लागि अध्यक्ष मण्डलले गरेको सर्वसहमत प्रयासबाट अध्यक्षमा श्रेष्ठ नेतृत्वको समूहलाई सर्वसहमत बनाइएको हो । अध्यक्षमा सर्वसहमत निर्वाचित श्रेष्ठ यस अघि नेकपा एमालेका नगर कमिटि सचिव तथा उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष समेत हुन्ु ।
यसैगरी सचिवमा निर्वाचित पौडेल एमालेको मोर्चा संगठन प्रेस चौतारी पर्वतका पूर्व अध्यक्ष तथा प्रेस चौतारी नेपालका प्रदेश कमिटि सदस्य समेत हुन्ु । अध्यक्ष पदमा यस अघि नै निर्विरोध भए पनि उपाध्यक्ष, सचिव तथा उप सचिव पदमा भने अरु सदस्यहरुको पनि दावी परेको थियो । दावी उपर अध्यक्ष मण्डलले उमदेवारका वीचमा छलफल गरी सर्वसहमत नेतृत्व टुंगाएको अध्यक्ष मण्डलका अध्यक्ष मनोहर वि पौडेलले जानकारी दिए । यस अघि नगर कमिटिमा ७० सदस्यीय नगर कमिटि सर्वसहमत टुंगीएको छ ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )