बेनी, मङ्सिर-११, बेनी स्थित संगिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको नवौ वार्षिक साधारण सभा सम्पन्न भएको छ । महिलाहरुद्वारा संचालित संगिनीले शनिबार आफ्नो नवौं वार्षिक साधारण सभा सम्पन्न गरेको हो । विसं २०६९ सालमा ७० जना महिलाहरुद्वारा २२लाख् ५० हजारको पूजिबाट संचालन गरेओ संगिनीले नवौं साधारण सभा सम्म आइपुग्दा संस्थाको शेयर पुजी २ करोड ३९लाख ४१ हजार ८ सय रहेको छ । त्यसैगरी बचत तर्फ ५ करोड ६९ लाख ८५हजार् ५१५ रहेको छ भने संस्थाले ५ करोड ७९लाख् १हजार् ६ सय ७३ रुपियाँ कर्जा लगानी गरेको छ ।
साधारणसभामा संस्थाका कोशाध्यक्ष शर्मिला श्रेष्ठले आर्थिक प्रतिबेदन, लेखा समितिद्वारा तयार पारिएको प्रतिबेदन लेखा सुपरिबेक्षण समितिका संयोजक कमलाकुमारी थापा र अध्यक्ष साधना श्रेष्ठले संस्थाको प्रगति प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा उत्कृष्ट कारोबार गर्ने शेयर सदस्यहरु, नवआगन्तुक शेयर सदस्य र अन्य संघ संस्थामा विशिन्न पदमा रहेका व्यक्तिहरुलाई समेत सम्मान गरेको छ ।
कोरोना संक्रमणको जोखिम कायमै रहेको बेला स्वास्थ्य मापदण्डको ख्याल गर्दै कार्यक्रम सम्पन्न भएको हो । साधारण सभामा सम्पूर्ण शेयर सदस्यहरुको तर्फबाट भीमकुमारी सुबेदीले मन्तब्य ब्यक्त गर्नु भएको थियो । कार्यक्रम जेष्ठ शेयर सदस्य बिष्णु कुमारी श्रेष्टको प्रमुख आतिथ्यता, संस्थाको अध्यक्ष साधना श्रेष्ठको अध्यक्षता, नविना रावलको स्वागत र सचिव कल्पना केसीको संचालनमा सम्पन्न भएको थियो ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )