पर्वत, मङ्सिर-७, नेपालि कांग्रेस पर्वतको नया नेतृत्व चयनका लागी मतदान जारी रहेको छ । दिउसो १ बजे देखि शुरु भएको मतदान अहिले ८.३० बजे सम्म पनि जारी छ । अहिले सम्म करिव ९० प्रतिसत मत खसिसकेको कुश्माबाट नविन जिसीले जानकारी गराउनुभएको छ । कुल १२ सय २ मतदाता रहेको मा अहिले सम्म ९ सय ७० जनाले मतदान गरिसकेको र अव केहि बेरमा सकिने उहाँले बताउनुभएको छ ।
मतदान पश्चात आज रातिदेखि नै मतगणना शुरु हुनेछ । पर्वतमा सभापतिको लागी ३ जनाको प्रतिष्पर्धा रहेको छ । तिनैजना छुट्टा छुट्टै प्यानल सहित निर्वाचनमा उत्रिएका हुन् । सभापतिका लागी जलजला गाउपालिकाका अध्यक्ष एवं कांग्रेस पर्वतका कोषाध्यक्ष याम बहादुर मल्ल (रामकृष्ण), नेपाल विद्यार्थी संघ पर्वतका अध्यक्ष मिलन सुबेदी र युवराज जोशी हुनुहुन्छ ।
चुनावी प्रतिस्पर्धा निकै पेचिलो प्रतिस्पर्धामक रहेको छ । लामो राजनैतिक अबुभव रहेका युवराज जोशी र युवामाझ अत्यन्तै लोकप्रिय रहेका मल्लको कडा टक्कर हुने देखिएको छ । नेपाली कांग्रेसको १४ महाधिबेसना अन्तर्गत भएको पर्वतको कांग्रेस निर्वाचनलाई निकै भड्किलो भएको समेत बताइएको छ ।
नमुना मतपत्र
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )