म्याग्दी, मङ्सिर-७, म्याग्दीमा बलात्कारका घटना बढेर गएका छन् जिल्लाको मंगला गाउपालिकामा ७ वर्षकी बालिका बलात्कारको घटना भएको एक साता बित्न नपाउदै फेरी अर्को घटना सार्वजनिक भएको छ । जिलाको मंगला गाउपालिका २ मा अर्को घटना घटेको हो । मंगला गाउँपालिका वडा नम्बर २ स्थित मिठौलाका २८ बर्षिया लक्ष्मण किसानलाई बलात्कारको आरोपमा प्रहरीले पक्राउ गरेको हो । मंसिर ६ गते २६ बर्षिया महिलालाई बलात्कार गरेको आरोपमा पीडित महिलाले दिएको जाहेरीको आधारमा किसानलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरिक्षक तथा सुचना अधिकारी बिरेन्द्रराज गुरुङले जानकारी दिनुभयो ।
तल्लो डडुवाको तुसानीस्थित सानो पाखोको खेतमा काम गर्न गएकी युवतीलाई साँझ साढे ५ बजेको समयमा किसानले जवर्जस्ती गरेपश्चात भाग्दै गरेको अवस्थामा स्थानीयले देखेका थिए भने पिडितलाई आफन्तले उद्वार गरेर घरमा लागेका थिए । पिडित युवतीले आफुलाई जबरजस्ती करणी गरेको भन्दै प्रहरीमा उजुरी दिएपछि किसानलाई पक्राउ गरी अनुसन्धानको प्रक्रिया अगाडी बढाईएको छ ।
ईलाका प्रहरी कार्यालय दरबाङका प्रमुख प्रहरी निरिक्षक सन्तोष पौडेलको नेतृत्वमा खटिएको टोलीले किसानलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा बुझाएको र जिल्ला अदालत म्याग्दीबाट मंगलबार सात दिनका लागि म्याद थप गरेर किसानलाई अनुसन्धानका लागि हिरासतमा राखिएको प्रहरी निरिक्षक गुरुङले बताउनुभयो ।
म्याग्दीमा कत्तिक र मंसिरमा मात्रै १० वर्ष मुनिका दुइजना बालिका, एकजना महिलालाई सामुहिक करणी र एक महिलालाई करणीको प्रयास गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )