पर्वत, मंसिर-५, नेपाली काँग्रेसको १४ औँ महाधिवेश अन्तर्गत क्षेत्र ‘क’ तर्फको सभापति पदमा राजकुमार क्षेत्री विजयी बनेका छन् । जितको दावेदार मानिएका कृष्ण बहादुर खत्री के.सी लाई पराजित गर्दै क्षेत्री सभापती बनेका हुन् । क्षेत्रीको पक्षमा तीन सय ३० प्राप्त हुँदा के.सी लाई दुई सय ८७ मत आएका छन् ।
यस्तै उपसभापतिमा जीत बहादुर पुन र दुर्गादेवी शर्मा विजयी भएका छन् । उपसभापतिमा भीष्म मल्ल र मनीषा नेपालीको समेत उम्मेदवारी रहेको भए पनि उनीहरू भने पराजित भएका छन् । सचिवमा तीन जनाको उम्मेदवारी रहेकोमा केशव प्रसाद उपाध्याय र बल बहादुर पुर्जा पुन विजयी भएका छन् भने दामोदर पौडेल (दीपक) पराजित भएका छन् । यस्तै सहसचिवमा टेक नारायण आचार्य र दया सुवेदीले दामोदर आचार्य र शिवराज शर्मालाई पराजित गरेका छन् ।
यसै गरी प्रतिनिधितर्फ ईश्वरी पाठक, चित्रकला भारती, तुप्ला कुमारी शाक्य, अर्जुन प्रसाद सुवेदी, कालीभक्त शर्मा, महेश कुमार शर्मा, रमेश पौडेल, सागर गिरी, सुरेन्द्र के.सी, हेमराज सापकोटा, भगवती पौडेल, टङ्क प्रसाद शर्मा सुवेदी, तेजराज बास्तोला, कुल बहादुर पुन, मञ्जु बि.क, निर्मल विश्वकर्मा र उमादेवी कुमाल निर्वाचित भएका मतदान अधिकृत कृष्ण प्रसाद शर्माले बताए ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )