जलजला, मंसिर-४, बाह्रखरी मिडियाले आयोजना गरेको तेस्रो डिशहोम १२खरी कथा लेखन प्रतियोगितामा रेनुका जिसी ले तेश्रो स्थान प्राप्त गरेकी छन् । ‘मुडुली’ कथाका लागि रेणुका जिसीले पुरस्कार प्राप्त गरेकी हुन् । प्रतियोगितामा प्रथम पुरस्कार मनोजादित्य न्यौपानेले प्राप्त गरेका छन् । उनले ‘अन्तिम अतिथि’ शीर्षकको कथामा प्रथम भएका हुन् भने दोस्रो पुरस्कार स्वप्निल नीरवले ‘बुढो घर’ कथाका लागि प्राप्त गरेकी छन् । प्रथम, द्वितीय र तृतीय पुरस्कारको राशि क्रमशः एक लाख, साठी हजार र चालिस हजार रुपैयाँ रहेको छ ।
राष्ट्रिय स्तरको यो प्रतिष्ठित र ठुलो प्रतियोगितामा पर्वतको जलजलामा जन्मेर अहिले रौतहटमा कर्मथलो बनाइरहेकी जिसीले प्राप्त गर्दा समग्र पर्वत र यस क्षेत्र हर्षित बनेको छ । पर्वतको साविकको लेकफाट गाविस वडा नं ६ गैरागाउँमा जन्मेर लेकफाटकै ग्राम प्रकाश माविमा अध्ययन गरेकी रेनुका सानै उमेर देखि नै साहित्यमा रुचिराखने र प्रतियोगितामा सहभागी हुने गर्थिन। विशेश गरेर गजल, कथा, उपन्यास विधामा कलम चलाउदै आएकी छिन । उनको गजल संग्रह प्रकाशित छ भने कथासंग्रह प्रकाशनको तयारीमा छ । म्याग्दीको न्यु वेष्ट पोइन्ट आवासीय माविमा शिक्षण गर्दा म्याग्दीका साहित्यिक संस्थामा रहेर काम गर्दा समेत म्याग्दीको साहित्यको क्षेत्रमा निरन्तर लागेको बताउछिन ।
मल्लाजको मोहन बहादुर साहित्य प्रतिष्ठानमा रहेर समेत उनले साहित्यको विधालाई अझै उचाइमा पुर्याएकि हुन् । अहिले रौतहटमा बस्दै आएकी उनि त्यहाँको एक सरकारी माध्यमिक विद्यालयमा अध्यापन गर्दछिन भने बज्जिका भाषामा समेत लेख रचना प्रकाशन गर्दै आइरहेकी छिन । महिला अधिकारको विषयमा आफुलाई कलम चलाउन धेरै मन लाग्ने उनले छिट्टै सत्य घटनामा आधारित एक उपन्यास प्रकाशन गर्न लागेको बताउछिन ।
आख्यान साहित्यका साधकहरूको सम्मानमा विगत तीन वर्षदेखि निरन्तर आयोजना हुँदै आएको मुलुककै सबैभन्दा ठूलो कथा प्रतियोगिताको तेस्रो संस्करणमा उत्कृष्ट २५ कथा र कथाकारहरूको बीचबाट तेश्रो हुदै यस क्षेत्रको नामलाई उचाइमा पुर्याउने उनि सम्भवत मल्लाज क्षेत्रको पहिलो महिला साहित्यकार हुन् ।
यो कथा प्रतियोगितामा अग्रजदेखि समकालीन तथा युवापुस्ता समेतको सहभागिता रहने गरेको छ । डिशहोम १२खरी कथा प्रतियोगिता–२०७८ को मुख्य प्रायोजकमा डिशहोम र प्रायोजकहरूमा नेपाल इन्भेष्टमेन्ट बैंक, अजोड इन्स्योरेन्स र नेपाल आयल निगम रहेका थिए ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )