पर्वत, मंसिर-२, नेपाली कांग्रेस पर्वतको आगामी जिल्ला सभापति पदमा उमेदवार हुन चाहनेले ५० हजार शुल्क तोकिएको छ । केन्द्रिय निर्वाचन समितिले जिल्ला सभापतिको उमेदवारका लागि १० हजार दर्ता शुल्क निर्धारण गरेपनि अधिबेशन सम्पन्न गर्न खर्च उठाउने उद्देश्यले सभापतिका उमेदवारलाई ५० हजार शुल्क निर्धारण गरेको हो ।
त्यसैगरी जिल्ला उपसभापति, सचिब र सहसचिबका लागि २५ हजार शुल्क तोकिएको छ । जिल्ला सभापतिका लागि १ लाख ५० हजार शुल्क तोक्नुपर्ने प्रस्ताब आएपनि बिरोध भएपछि ५० हजार तोकिएको हो । महाधिबेशन प्रतिनिधीका पनि २५ हजार शुल्क तोकिएको छ । जिल्ला कार्यसमिति सदस्यका लागि १० हजार शुल्क तोकिएको छ ।
यस्तै क्षेत्रिय सभापतिका लागि १५ हजार शुल्क तोकिएको छ भने प्रदेश प्रतिनिधीका लागि १० हजार तोकिएको छ । नेपाली कांग्रेसका जिल्ला सभापति खिमप्रसाद भुसालले भने यो शुल्क ऐच्छिक भएको बताउनु भएको छ ।‘जिल्ला तहको अधिबेशन सम्पन्न गर्न खर्च ब्यबस्थापन गर्न उमेदवारबाटै आर्थिक सहयोग जुटाउने निर्णय भएको समेत उहाँले बताउनुभयो । दलित, महिला, अल्पसंख्यक र पिछडिएको क्षेत्रका उमेदवारलाई भने तिर्नुपर्छ भन्ने बाध्यात्मक अबस्था नरहेको बताइएको छ ।
केन्द्रिय निर्वाचन निर्देशिकाले भने जिल्ला कार्यसमिति सभापति निर्वाचनलाई १० हजार, उपसभापति र सचिवका लागि सात हजार, सहसचिवका लागि छ हजार र सदस्यका लागि तीन हजार शुल्क तोकेको छ । यस्तै प्रदेश सभा क्षेत्रीय कार्यसमितिका लागि सभापतिलाई पाँच हजार, उपसभापति र सचिवलाई तीन हजार, सहसचिवलाई दुई हजार पाँच सय र सदस्यलाई दुई हजार शुल्क निर्धारण गरिएको छ ।
नेपाली कांग्रेस पर्वतको नेतृत्वमा पुग्नका लागि सामान्य कार्यकर्ताहरु कल्पना पनि गर्न नसक्ने गरि केन्द्रिय निर्वाचन समितिको भन्दा ४० हजार बढी शुल्क तोकिएपछि त्यसको चर्को आलोचना शुरु भएको छ । आर्थिक स्रोत नभएकालाई पार्टीभित्र प्रतिस्पर्धामा आउन नदिन यस्तो निर्णय गरिएको आरोप लगाउदै किसान, मजदुर र इमान्दार कार्यकर्ता चुनाब लड्नै नसक्ने र उनीहरुलाई दर्ता शुल्कबाट बाहिर पठाउने काम भएको कार्यकर्ताले गुनासो गरेका छन् ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )