पर्वत, मंसिर-१, रसुवामा कांग्रेसको असन्तुष्ट पक्षले दुई वटा गाउँपालिकाको सम्पूर्ण कागजपत्र चोरेर लगेका छन् ।कांग्रेसको १४औं अधिवेशनअन्तर्गत भएको अधिवेशनमा असन्तुष्ट जनाउँदैअधिकृतको कार्यालय धुन्चेमा बुझाएको उत्तरगया र कालिका गाउँपालिकाको सम्पूर्ण फाइल चोरेर लगेका हुन् ।
सदरमुकाम धुन्चेस्थित एक होटलको कोठामा स्थापना गरिएको निर्वाचन अधिकृतको कार्यालयकाे झ्याल फुटाई फाइलिङ गरेर राखिएको कालिका र उत्तरगया गाउँपालिकाका सबै वडाका कागजात बुधबार बिहान चोरी भएको सहायक निर्वाचन अधिकृत जनक सिंह साउदले बताउनु भयाे। बिहान करिब ६ बजेदेखि ७ बजे फाइलिङ गरेर राखेकाे फाइल चोरी भएको उहाँले बताउनु भयाे । ‘कोठामा सबै लक गरेर चिया पिउन होटलमा उक्लिएको थिए, चिया पिएर तल कोठामा गई ढोका खोल्दा झ्यालको सिसा फुटाएर कालिका र उत्तरगया गाउँपालिकाको सबै वडाको सम्पूर्ण कागजात चोरिएको रहेछ ,’ उहाँले भन्नुभयाे ।
फाइल चोरी हुनुअघि बिहान ५ बजेतिर केन्द्रीय निर्वाचन समितिसँग छलफल गर्नुपर्ने भन्दै निर्वाचन अधिकृत सुमनकुमार केसी काठमाडाै जानुभएकाे थियाे । केसी काठमाडाै जानु र चोरी हुनुमा निर्वाचन अधिकृतको हात रहेको आशंका गरिएको छ । काठमाडाै जाँदै गरेका उहाँलाई जिल्लामा ल्याउँदै गरेको स्रोतले जनाएको छ ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )