जलजला, कार्तिक-१५, पर्वत मल्लाज स्थित मल्लाज साना किसान कृषि सहकारी संस्था लिमिटेडको सत्रौं वार्षिक साधारण सभा तथा छैठौं अधिबेशन सम्पन्न भएको छ । कार्तिक १५ गते सम्पन्न भएको अधिबेशनले सशी शर्माको अध्यक्षतामा नया कार्यसमिति समेत चयन गरेको छ । त्य्सैगरी उपाध्यक्षमा दल बहादुर हमाल, सचिब डम्बरबहादुर घर्ती क्षत्री, काेषाध्यक्ष हरि बहादुर जि.सि, सदस्य सरस्वती खत्री, बेलमती कार्की, पार्बती खत्री, प्रेम बरुवाल, चन्द्र कुमारी अधिकारी र तुले दमाइ रहेका छन् ।
कार्यक्रममा ब्यबसायिक कृषिमा लागेका कृषकहरु मध्ये जलजला ४ का दुइजना कृषक दलबहादुर हमाल र तिलाकुमारे जिसीलाई सम्मान गरेको छ । २०६१ सालमा स्थापना भएको संस्थामा ९५२ जना शेयर सदस्य रहेका छन् भने संस्थाले यस वर्ष कुल ८ करोड ५९ लाख बराबरको कारोबार गरेको छ । संस्थाको निक्षेप संकलन ५ करोड ६८ लाख, ६ करोड ८० लाख कुल लगानी रहेको छ । १ करोड ९२ लाख जगेडा कोष रहेको संस्थाको शेयर पुंजी ७६लाख् ६८ हजार रहेको छ ।
जलजला गाउँपालिका वडा नं ४ का अध्यक्ष भिष्म मल्लको प्रमुख आतिथता, संस्थाका अध्यक्ष हेमकुमारी अधिकारीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा सचिव डम्मर बहादुर जिसीले संस्थाको प्रगति प्रतिबेदान र कोषाध्यक्ष इन्द्र बहादुर अधिकारीले आर्थिक प्रतिबेदन पेस गर्नुभएको मल्लाजबाट सनिता कार्कीले बताउनुभएको छ ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )