कास्की, कार्तिक-१४, जिल्ला प्रशासन कार्यालय कास्कीले देउसी-भैलो तथा नाचगानका कार्यक्रम राति १० बजेसम्म मात्र संचालन गर्न आग्रह गरेको छ। तिहार छठ लगायतका पर्वहरु नजिकिंदै गर्दा प्रशासन कार्यालयले आज एक विज्ञप्ति जारी गर्दै देउसी भैलो तथा नाचगानका कार्यक्रम राति १० बजेसम्म मात्र संचालन गर्न आग्रह गरेको हो।
कोभिड -१९ को संक्रमण अपेक्षित रुपमा घटिनसकेको भन्दै नेपाल सरकारले निर्धारण गरेको स्वास्थ्य मापदण्ड अपनाएर मात्र त्यस्ता कार्यक्रम संचालन प्रशासनले आग्रह गरेको छ । यस्तै, विज्ञप्तिमा पटका, आतसबाजी, झिरझिरे,भूँईचम्पा जस्ता विस्फोटक पदार्थ प्रयोग नगर्न तथा नगराउन र त्यस्ता पदार्थहरुको ओसारपसार र बिक्री नगर्न भनिएको छ ।
यसबाहेक मादक पदार्थको सेवन गरी शान्ती सुरक्षालाई असर पार्ने गतिविधी नगर्न, भीडभाड जन्य गतिविधी गरी समाजमा अशोभनीय क्रियाकलापजन्य कार्यहरु नगर्न र मठ, मन्दिर, गुम्बा लगायतका धार्मिक स्थलहरुमा अनावश्यक भीड नगरी स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्दै पूजापाठ लगायतका क्रियाकलाप गर्न प्रशासनले आग्रह गरेको छ। अन्यथा कानून बमोजिम कारवाही गरिने विज्ञप्तिमा उल्लेख छ। गण्डकी न्युजबाट
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )