पर्वत, असोज-२०, पर्वतको जलजला नाग्लिबांगमा युवा संघ नेपालको वडा कमिटि गठन भएको छ । राष्ट्रिय युवा संघ नेपाल जलजला गाउँ कमिटिले बुधबार युवा संघको कमिटि गरेको हो ।
कार्यक्रममा नेकपा एमालेका नेता लालबहादुर अधिकारीले एमाले प्रति जनताको आकर्षण बढ्दै गैरहेको र नेकपा एमाले नै आगामी निर्वाचनमा पहिलो शक्ति हुने दावी गरे । अधिकारीले नेकपा एमाले छोडेर गएकाहरु अव एमालमै फर्कनुको विकल्प नभएको बताउदै कोहि युवाहरु पनि एमाले छोडेर अर्को संगठनमा नलाग्न अनुरोध गरे ।
कार्यक्रममा युवा संघका केन्द्रिय सचिव तथा युवा नेता बिमल लामिछानले युवाहरुको जोश जागर र शक्तिकै कारण एमालेले आगामी निर्वाचनमा विजयी हासिल गर्ने दावी गरे । उनले गबन्धनको नाउँमा नयाँ सरकार बनाएर देशलाई बन्धक बनाएको जिकिर गर्दै युवाहरु अव सामाजिक, राजनैतिक सवै आन्दोलनमा अग्रणी मोर्चामा लाग्नुपर्ने धारणा राखे ।
कार्यक्रममा युवा संघका जिल्ला अध्यक्ष थमनारायण पौडेलले पर्वत जिल्लामा युवा संघले अन्याय, अत्याचार र विसंगतीको विरुद्धमा धावा बोल्ने बताए । उनले जहाँ अन्याय हुन्छ, जहाँ अत्याचार हुन्छ त्यहाँ युवा संघले आफ्नो उपस्थिती देखाउने दावी गरे ।कार्यक्रममा जिल्ला कमिटि पर्वतका सदस्य नरबहादुर कार्कीले शुभकामना मन्तब्य राखेका थिए । कार्यक्रम युवासंघ जलजला गाउँकमिटिका अध्यक्ष दिलिप बरुवालको अध्यक्षतामा युवा संघका नेता महेन्द्र रेग्मीको संचालनमा सम्एपन्मान भएको थियो ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )