पर्वत, कार्तिक-१४, पर्वतमा एक बिद्यालय बन्द भएको ५ वर्षपछी फेरी संचालनमा आएको छ ।फलेवास ७ लिमिठानामा विगत ५ वर्षदेखी समायोजनाका कारणले वन्द रहेको जनता प्रावि पुन: संचालनमा आएको हो । गाउँका साना वालवालिकाहरुलाई पठनपाठनका लागि निकै टाढा जानुपर्ने अवस्था रहेकोले स्थानियहरुको पहलमा पुन संचालनमा आएको हो । विद्यालय संचालन नहुदा साना वालवालिकाहरु लिमिठाना मावि मा जानुपर्ने वाध्यता रहेको थियो । कक्षा ५ सम्म संचालनमा रहेको विद्यालय विद्यार्थी अभावका कारण वन्द हुन पुगेको थियो भने विद्यालयका शिक्षकलाई समेत अन्य विद्यालयमा समायोजन गरिएको थियो ।
विद्यालयमा अंग्रेजी माध्यमवाट पढाई सुरुहुन थालेपछि स्थानिय सरकारी विद्यालयमा आउने विद्यार्थीको संख्या वढेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोविन्द प्रसाद तिमिल्सिनाले वताउनु भयो । हाल विद्यालयमा कक्षा २ सम्म संचालन रहेकोमा २२ जना विद्यार्थी रहेका छन् । विद्यालय पुन संचालनमा ल्याउनका लागि स्थानिय निकाय वाट दरवन्दी शिक्षक नभएपनि स्थानिय स्तरवाट २ जना शिक्षक व्यवस्थापन गरि विद्यालय संचालन गरिएको छ ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )