बेनी, कार्तिक- २, मोना कतारले संचालन गरेको जिल्ला स्तरीय अन्तर मावि बक्तृत्त्वकला प्रतियोगीता बेनी स्थित न्यु वेष्ट पोइन्ट आवासीय माविले जितेको छ । प्रतियोगीताको फाईनलमा पुगेका वेष्ट पोइन्टका कक्षा १० का प्रज्ज्वल मल्लले सर्वाधिक अंक प्राप्त गर्दै प्रथम भएका हुन् ।
चार चरणमा भर्चुअल माध्यम बात संचालन गरिएको प्रतियोगिताको फाइनल भने भौतिक रुप मै गराइएको थियो। फाईनलमा “शैक्षिक स्तर वृद्दीका लागी स्थानीय तहको भूमिका के हुन सक्छ ? शिक्षालाई समयसापेक्ष बनाउन सरकारले गर्नुपर्ने न्युनतम कार्य के हुन सक्छन ? साथै परम्परागत शिक्षाको विकल्प के हुन सक्छ ” भन्ने शिर्षकमा अन्तिम प्रतिस्पर्धा भएको थियो । मोनाको चौथो महाधिबेशनको अवसरमा मंगलबार बेनीमा प्रतियोगिताको बिजेता घोषणा गरिएको हो ।
प्रथम भएका वेष्ट पोइन्टका मल्लले नगद २० हजार र प्रमाण पत्र प्राप्त गरेका छन् । त्यसैगरी प्रतियोगितामा द्वितीय हुने बेनी सामुदायिक माविका सुमित्रा पौडेलले नगद १५ हजार र प्रमाण पत्र र तृतीय हुने वेष्ट पोइन्ट कै शिल्पीका जिसीले नगद १० हजार र प्रमाण पत्र प्राप्त गरेका छन् ।
बिजेताहरुलाई माननीय भुपेन्द्र बहादुर थापाले सम्मान तथा पुरस्कार प्रदान गर्नु भएको हो । कार्यक्रम मोना आईइसिका अध्यक्ष ओम जुग्जालीको प्रमुख आतिथ्यता तथा मोना कतारका अध्यक्ष नरेन्द्र फगामीको सभापतित्वमा सम्पन्न भएको थियो ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )