बेनी, असोज-२१, म्याग्दी बेनी स्थित वेष्ट पोइन्ट कलेज/न्यु वेष्ट पोइन्ट आवासीय माविले शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । संस्थाको मंटेसरी तहदेखि कलेज सम्मका शिक्षक कर्मचारी, विद्यालय ब्यबस्थापन समिति र शिक्षक अभिभाबक संघ बीच बिहिबार शुभकामना आदान-प्रदान तथा चियापान कार्यक्रम आयोजना गरेको हो ।
विद्यालयले घटस्थापनाको दिन शिक्षक, कर्मचारी , ब्यबस्थापन समिति र शिक्षक अभिभाबक संघ सहित बजारमा शुभकामना दौड गर्ने गरेकोमा अघिल्लो वर्ष कोरोना महामारीका कारण कुनै कार्यक्रम गर्न सकेको थिएन । यस वर्षपनि कोरोना संक्रमणको जोखिम कायमै रहेको अवस्थामा स्मार्ट लकडाउनको मापदण्ड अनुसार विद्यालयको सभाहलमा एक कार्यक्रमको योजना गरि शुभकामना आदान प्रदान गरेको विद्यालयले जनाएको छ ।
कार्यक्रममा प्याब्सन म्याग्दीले दशैको द्वादशी (कार्तिक १ गते) देखि विद्यालय संचालन गर्ने निर्णय गरेकोमा वेष्ट पोइन्टका अधिकांश शिक्षक कर्मचारी जिल्ला बाहिरका भएका कारण कोजाग्रत पुर्णिमाको भोलिपल्ट संचालन भएमा घरबाट आइपुग्न सहज हुने बताउदै प्याब्सन म्याग्दीलाई सो निर्णयलाई पुनर्विचार गरिदिन समेत आग्रह गरेका थिए ।
लामो समय सम्म विद्यालय बन्द रहेका कारण भर्खरै भौतिक रुपमा खुलेका विद्यालयहरुमा विद्यार्थीहरु जोडिने क्रम रहेकोले यस पटक बेनिबजारका सबै संस्थागत तथा सामुदायिक विद्यालयहरु दशैँ तिहारको बिचमा समेत संचालन हुने भएका छन् । यसअघि दशैँ पछी एकैचोटी छठ पर्व पछि खुल्ने गर्दथे ।
शुभकामना आदान प्रदान कार्यक्रम वेष्ट पोइन्ट एजुकेशन फाउन्डेसन म्याग्दी प्रालीका अध्यक्ष हरिकृष्ण श्रेष्ठको अध्यक्षता प्रिन्सिपल डीबी दाहालको स्वागत र भाइस प्रिन्सिपल कृष्ण जिसीको संचालनमा सम्पन्न भएको थियो ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )