काठमाडौँ, असोज-१६, लाेकगायक रामकुमार नेपालीले ‘राष्ट्रिय काठे लाेकदाेहाेरी अवार्ड’ जितेका छन् । हिजाे काठमाडाैंकाे राष्ट्रिय नाचघरमा आयाेजित कार्यक्रममा सुनाखरी मल्टिमिडिया फाउन्डेसनले २०७८ सालभरिका काठे लोक दोहोरी गीतहरूमध्येबाट लाेकगायक नेपालीलाई पुरस्कृत गरेको हो ।
रामेछापका रामकुमार नेपाली एक दशकदेखि लाेकगायनमा सक्रिय छन् । डेढ वर्षअघि गायन रियालिटी शाे ‘लाेकस्टार’मा गाएका केही गीतका कारण उनी चर्चामा आएका थिए । यद्यपि, उनकाे गायन यात्रा त्यस अघिदेखिकै हाे । लाेकस्टारमा उनी चाैथाे बनेका थिए ।
काठका गीतसंगीतकाे पहिचान र उत्थानकाे प्रयासस्वरूप २३ विधामा अवार्ड गरिएकाे फाउण्डेसनले जनाएकाे छ । कार्यक्रममा वरिष्ठ कलाकार जयनन्द लामालाई ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’ बाट सम्मान गरिएकाे छ । दशकका गायाकगायिका सम्मानबाट भोजराज काफ्ले, गोकुल राउत, गीता देवी र पार्वती कार्की सम्मानित भए । यसैगरी, छापा पत्रकारिता सम्मान डब्बु छेत्री, रेडियो लोक सञ्चारकर्मी पत्रकारिता सम्मान चन्द्रमणी गौतम, डिजिटल मिडिया पत्रकारिता सम्मान कमल सर्गमले पाएका छन् । शिलापत्र अनलाइनबाट
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )