म्याग्दी, असोज-९, नेपाली काँग्रेस अन्नपूर्ण गाउँपालिकाको सभापतिमा बलबहादुर तिलिजा निर्बाचित भएका छन् । शनिबार भएको गाउँपालिका अधिवेशनमा सभापतिका लागि कृष्णप्रसाद बरुवाल र तिलिजाबीच प्रतिस्पर्धामा १ मतको अन्तरले तिलिजा बिजय भएका हुन् । १२८ जना मतदाता मध्य ११७ मत खसेको र दुई मत बदर भएको थियो । वडा न. ६ घारका वडा अध्यक्ष समेत रहेका बरुवालले ५७ मत प्राप्त गरेका थिए ।
सभापती पदमा मतदान भएपनि अन्य पदमा भने सर्वसम्मत भएको थियो । उप सभापतिमा राजेश तिलिजा, अर्जुन गुरुङ, सचिबमा टुकबहादुर फगामी, ललिता तिलिजा, सहसचिबमा गोपाल पुर्जा र धनबहादुर पाइजा चयन भएका छन् ।
नवनिर्वाचित सभापति तिलिजा जिल्लामा सभापति खम्बिर गर्बुजा र केन्द्रमा सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा निकट हुन् भने बरुवाल केन्द्रमा बरिष्ठ नेता रामचन्द्र पौडेल र जिल्लामा पुर्व सभापति रेशमबहादुर बानिया निकट मानिन्छन । भारतीय गोर्खा सैनिकका सेवा निबृत्त क्याप्टेन शिख्तानी समाज पोखराको नेतृत्वमा रहदै विभिन्न सामाजिक संघ संस्थामा आवद्ध छन् ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )