पर्वत, असोज-७, नेपाली कांग्रेस पर्वतको नव निर्मित भवन (विपी स्मृति भवन) को उद्घाटन भएको छ। नव निर्मित भवनको कांगेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेका हुन् । राजधानी काठमाण्डौंबाट जुम प्रविधि मार्फत बिहिबार प्रधानमन्त्री देउवाले पर्वत कांग्रेसको नयाँ भवनको उद्घाटन गरेका हुन् ।
भवनको उद्घाटन गर्दै देउवाले सवै जिल्लामा कार्यालय भवनहरु निर्माण हुने क्रम भइरहेको भन्दै खुशी ब्यक्त गरे । उनले पाटी कार्यालय कार्यकर्ताहरुका सुख दुःख विसाउने थलो हुने विश्वास समेत ब्यक्त गरे । कार्यालय भवन निर्माण गरेकोमा पर्वत कांग्रेसलाई देउवाले धन्यवाद समेत ब्यक्त गरेका थिए । भवन उद्घाटन कार्यक्रममा बोल्दै बरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिष्ट विभाजन गरेर कांग्रेस ठूलो हुने नसोच्न कार्यकर्तालाई आग्रह गरेका छन् ।
उनले भने–‘हामी आफै ठूलो पाटी हुने हो कम्युनिष्ट फुटेका कारण ठूलो पाटी हुने होइन ।’ बरिष्ठ नेता पौडेलले लोकतान्त्रिक मूल्य मान्यता पछिल्लो समय नेपाली कांग्रेसमा हराउँदै गएको समेत बताए । उनले कांग्रेस पाटी भित्रको लोकतान्त्रिक मूल्य मान्यतालाइ संस्थागत गर्नुपर्ने धारणा राखे । पौडेलले पनि जुम प्रविधि मार्फत नै सम्बोधन गरेका थिए ।
कार्यक्रममा कांग्रेसका केन्द्रिय सदस्य तथा भवन निर्माण समितिका संयोजक अर्जुन जोशीले पाटी भित्र गुट बन्दीको अन्त्य गर्न आग्रह गरे । उनले गुट रहित कांग्रेस बनाई आगामी महाधिवेशन सम्पन्न गर्न समेत आग्रह गरे । भवन उद्घाटन कार्यक्रमको सञ्चालन नेविसंघका नेता राजीव लामिछानेले गरेका थिए ।
कुल २ करोड १३ लाखका स्टिमेण्ट रकम मध्ये १ करोड ४७ लाख रकममा भवनको निर्माण कार्य सम्पन्न भएको भवन निर्माण समितिका संयोजक समेत रहेका जोशीले बताए । भवन निर्माणको लागि विभिन्न संघ सस्था, ब्यक्ति तथा शुभेच्छुकसंग रकम संकलन गरिएको जोशीले जानकारी दिए ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )