पर्वत, भदौ-५, मुस्ताङमा रहेको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिर असोज १० गतेदेखि सर्वसाधारणका लागि खुला हुने भएको छ । कोरोना महामारीका कारण बन्द रहेको मन्दिर सर्वसाधारणका लागि खुला गर्ने निर्णय भएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले बताउनुभयो ।
मंगलबार प्रमुख जिल्ला अधिकारी पौडेलको अध्यक्षतामा बसेको कोभिड–१९ संकट व्यवस्थापन समितिको बैठकले संक्रमण दर न्युन रहेको भन्दै मन्दिर खुला गर्ने निर्णय गरेको हो । यस अघी गत बैशाखदेखि मन्दिर निरन्तर बन्द रहेको थियो ।
जिल्ला प्रशासन कार्यालयको आदेश अनुसार आसोज १० गतेदेखि मन्दिर सबैका लागि खुला हुने मुक्तिनाथ विकास समितिले जनाएको छ । बैठकले मुस्ताङ प्रबेश गर्ने कर्मचारीको लागि भने अझै कडा नियम लगाएको छ । कोरोना परीक्षण गरेको पिसीआर रिपोर्ट वा एन्टिजिन रिपोर्टका आधारमा मात्रै जिल्ला प्रबेश गर्न पाउने व्यवस्था गरिएको छ । पिसीआर गरेको ७ दिन र एन्टिजिन गरेको ७२ घण्टा भीत्रको रिपोर्टका आधारमा मात्रै जिल्ला प्रबेश दिईने निर्णय भएको छ ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )