पर्वत, भदौ-५, पर्वतको कुश्माका स्थानीयबासिन्दा बिरोधमा उत्रिएका छन् । मध्य पहाडी लोकमार्ग अन्तर्गत पर्वत खण्डको कुश्मा बजार क्षेत्रको सडक निर्माणमा ढिलाई गरेको भन्दै स्थानीयले विरोध गरेका हुन् । निर्माणधिन लोकमार्गको कुश्मा बजार क्षेत्रमा सडक निर्माणको काम एक तर्फी भए पनि अर्को तर्फ अलपत्र परेको छ । लामो समयसम्म एक तर्फी मात्र सडक निर्माण गरेको कम्पनीले सडक निर्माणमा ढिलाई गरेपछि स्थानीयले विरोध जनाएका हुन् ।
सडक एकतर्फी निर्माण गरेर अर्कोतर्फ अलपत्र पारेर छोड्दा चाडपर्व मुखैमा आइरहेको बेलामा, ब्यवसाय गर्नेहरुलाई मार परेको स्थानिय र व्यवसायीले गुनासो गएका छन् । मानिसको आगमनमा समेत असर पर्ने गरी सडक अलपत्र पारेपछि स्थानीयले मध्यपहाडी लोकमार्ग आयोजना कार्यालय र निर्माण ब्यवसायीको ध्यानाकर्षण गराएका छन् ।
आयोजनाले एक तर्फी सडक निर्माण सम्पन्न गरे पनि अर्को लेन अलपत्र छोडेको छ । आयोजनाको पर्वत खण्डको अधिकांश काम सकिए पनि बर्षातका कारण अधिकांश ठाउँमा भने पहिरो गएको छ ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )