पर्वत, भदौ-३१, नेकपा एमालेका सचिव योगेश भट्टराइले सत्तरी वर्षमा लौरो टेकेर संघर्ष सफल नहुने बताउनुभएको छ । माधवकुमार नेपालप्रति कटाक्ष गर्दै भट्टराइले उक्त कुरा बताउनुभएको हो । नेकपा एमाले पर्वतले आज कुश्मामा आयोजना गरेको वृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता भट्टराइले माधव कुमार नेपाल बुढेसकालमा लौरो टेकेर संघर्षगर्न खोज्नु अशोभनीय हुने बताउनु भयो । आफ्नै दलमा बसेर संघर्ष गर्न नसक्नेले नयाँ पार्टी खोल्दैमा सफल नहुने उहाँले ठोकुवा गर्नुभयो ।
उहाँले पार्टी भित्र बसेर संघर्ष गर्न छोडेर माधकुमार नेपाल बाहिरिएर गलत गरेको टिप्पणी गर्नुभयो । पार्टीभित्र अन्तरसंघर्ष र बिमति भैरहने र पार्टी भित्रका समस्या पार्टीभित्रै बसेर समाधान गरौँ भनेर सुझाव दिए पनि हतारमा पार्टी विभाजन गरेर नेपालले गलत बाटो रोजेकोले आफुहरुले साथ् नदिएको भट्टराइले स्पष्ट पार्नु भयो ।
नेकपा एमालेको झन्बडामुनि बसेर देश र जनताको पक्षमा कामगर्न उहाँले निर्देशन समेत दिनुभयो । कम्युनिष्ट आन्दोलनको मूल प्रवाह एमाले नै रहेको उहाँले पटक पटक दोहोर्याउदै बाटो बिराएका सबै जना घुमिफिरी एमालेमै फर्किने उहाँले विश्वास ब्यक्त गर्नुभयो ।
कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य जगत बिश्वकर्मा, पद्मा अर्याल प्रदेश कमिटि सदस्य बिकास लम्साल संबिधान सभा सदस्य सुन्दर भुषाल लगायतले मन्तब्य ब्यक्त गर्नु भएको थियो ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )