पर्वत, असोज-११, नेपाली काँग्रेसको १४ औँ महाधिबेशन अन्तर्गत पर्वतमा पैयुँ गाउँपालिका बाहेक सबै पालिकाको निर्वाचन सम्पन्न भएको छ । निर्वाचन अधिकृत भवानी संकर पौडेलका अनुसार जलजला गाउँपालिकामा ईन्दुप्रकाश पौडेल सभापतिमा विजयी हुनुभएको छ । पौडेलले ८१ मत ल्याउनु भएको छ । हरिविकास जिसीले ६६ मत प्राप्त गरी पराजित हुनुभएको छ । उपसभापतिमा सावित्रा खत्री ९६, शशि आचार्य ८५ सचिवमा नविन जिसीले १००, युवराज अर्मजाले ९५, सहसचिवमा रामकुमार पौडेल ६३, डम्बर विकले ६९ मत प्राप्त गरेर विजयी हुनुभएको छ । अन्य सदस्यहरुमा भने सहमति कायम गरी टुंगाइएको हो ।
त्यसैगरी, कुश्मा नगरपालिकाको सभापतिमा किशोर भण्डारी बिजयी हुनुभएको छ । भण्डारीले यदुनाथ शर्मा बास्तोलालाई पराजित गरि बिजयी हुनुभएको हो । भण्डारीले १९८ मत ल्याएर विजयी हुनुभएको हो भने बास्तोलाले १३१ मत प्राप्त गर्नु भएको थियो । उपसभापतिमा राजन जोशीले १२६ मत र कमलकान्त पाध्याले ११२ मत ल्याइ बिजयी हुनुभयो । सचिवमा आरसी पौडेलले १२६ र उत्तम ढकालले १११ मत ल्याएर बिजयी हुनुभयो । सहसचिवमा पुस्कल शर्माले १७७ र शम्भुकुमार जोशीले १२४ मत ल्याएर बिजयी हुनुभएको हो ।
पर्वतको फलेवास नगरपालिकाको सभापतिमा हिरामणी सापकोटा विजयी हुनुभएको छ । सापकोटाले १४३ मत ल्याई विजयी हुँदा थमानसिँह थापाले ७६ मत प्राप्त गरि पराजित हुनुभएको छ । उपसभापतिमा नन्दलाल शर्मा १२२ र ओम गौडेलले १०३ मत ल्याई विजयी हुनुभएको छ । सचिवमा धनवहादुर थापा १३८ र चित्रप्रसाद शर्माले ११५ मतले विजयी हुनुभएको छ ।
मोदी गाउँपालिकामा निर्देश लामिछानेले ५४ मत ल्याइ सभापतिमा विजयी हुनुभएको छ । सभापतिका उम्मेदवार दिपेन्द्रजंग लामिछानेले ३५ र पदमपाणी शर्माले ३४ मत ल्याइ पराजित हुनुभयो । उपसभापतिमा तिलप्रसाद पौडेल र पार्वती सुबेदी विजयी हुनुभएको छ । सचिवमा कृष्ण मल्ल र जिवन्धर चपागाई बिजयी हुनुभयो ।
पैयुँ गाउँपालिकामा सभापतिमा तोयानाथ भुसाल र डम्बर प्रधानका बिचमा निर्वाचन हुँदैछ । केही बेरमा नतिजा सार्वजानिक हुँदैछ । अन्य केहि पदमा पनि निर्वाचन हुने संभावना छ । सहमतीको प्रयास भएपनि उम्मेदवारहरु टसमस नभएपछि सोमवार ८ बजेबाट निर्वाचन गर्ने तयारी रहेको पैयुँ गाउँपालिकाका अध्यक्ष समेत रहेका काँग्रेस नेता खगेन्द्रप्रसाद तिवारीले जानकारी दिनुभयो ।
महाशिला गाउँपालिकामा उज्जल गुरुङ र विहादी गाउँपालिकामा विष्णु भुसालको नेतृत्वमा नयाँ नेतृत्व चयन भैसकेको छ ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )