पर्वत, असोज-६, आगामी पुसबाट बालबालिकालाई कोरोनाविरुद्ध खोप लगाइने भएको छ । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले बालबालिकालाई आगामी पुसदेखि कोरोनाविरुद्ध खोप दिन सुरु गरिने तयारी भइरहेको बताए । स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले बालबालिकाका लागि एक करोड मात्रा खोप आउने प्रक्रियामा रहेको जानकारी दिए।
तत्कालका लागी ४० लाख मात्रा मोर्डना खोप र फाइजरको ६० लाख मात्रा खोप सन्दर्भमा प्रक्रिया अन्तिम स्टेजमा पुगेको बताइएको छ । नेपालमा कोभिसील्ड, भेरोसेल, जोन्सन एण्ड जोन्सन, एष्ट्राजेनेकाले आपतकालीन प्रयोगका लागि अनुमति पाइसकेका छन् ।
अमेरिकी फर्मा कम्पनी फाइजरले उत्पादन गरेको कोभिड–१९ विरुद्धको खोप ५ देखि ११ वर्षको बालबालिकामा प्रयोगका लागि सुरक्षित रहेको बताइएको छ । सो उमेर समूहका बालबालिकामा पनि पर्याप्त मात्रामा एन्टिबडी उत्पादन गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
हालसम्म देशभर १८ प्रतिशत नागरिकले खोप लगाएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार ५६ लाख २८ हजार नागरिकले कोरोनाविरुद्ध पूर्णखोप लगाएका छन् । यस्तै, ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकाका लागि कोरोनाविरुद्धको फाइजर खोप प्रभावकारी रहेको बताइएको छ । लामो परीक्षणपछि खोप उत्पादन कम्पनीले विज्ञप्ती जारी गर्दै सो उमेर समूहका लागि फाइजर प्रभावकारी रहेको बताएको हो ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )