काठमाडौँ, भदौ-२०, नेपाल र भारतबीच भएको दोस्रो मैत्रीपूर्ण फुटबल खेलमा भारत २-१ ले विजयी भएको छ। आइतबार दशरथ रंगशालामा भएको मैत्रीपूर्ण खेलमा भारत २-१ ले पराजित भएको हो।
पहिलो हाफ गोलरहित रहेपनि दोस्रो हाफको ६३ औं मिनेटमा फारुख चौधरी र ८० औं मिनेटमा भारतका कप्तान सुनिल क्षेत्रीले गोल गरेको हुन्। भने, २-० ले पछि परेको अवस्थामा नेपालका लागि तेज तामाङले गोल गरेका हुन् ।
यसअघि गएको बिहीवार भएको पहिलो मैत्रीपूर्ण खेल १–१ को बराबरीमा सकिएको थियो ।
असोज १५ देखि ३० गतेसम्म माल्दिभ्समा हुने साफ च्याम्पियनसिपको तयारीको लागि नेपाल र भारतले मैत्रीपूर्ण खेल खेलिरहेका हुन् ।
आजको खेलमा नेपालका कप्तान तथा गोलकिपर किरण चेम्जोङले राष्ट्रिय टोलीका तर्फबाट ७४ औं खेल खेलेर नयाँ कीर्तिमान बनाएका छन् । आजको खेल हेर्न पुर्व प्रधानमन्त्री नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली समेत दशरथ रंगशालामा उपस्थित भएका थिए ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )