काठमाडौं,भदौ-१३, यातायात व्यवस्था विभागले सवारी लाइसेन्सका लागि आवेदन दिएका पुराना आवेदकहरूको परीक्षा भदौ २० गतेदेखि सञ्चालन गर्दैछ । दोस्रो लहरको कोरोना संक्रमणको जोखिम कम गर्न भन्दै सरकारले गत वैशाख १६ गतेदेखि देशव्यापी निषेधाज्ञा जारी गरेको थियो । त्यही क्रममा लाइसेन्स परीक्षा पनि रोकिएको थियो । अब विभागले वैशाख १६ अघि आवेदन दिएका आवेदकको परीक्षा सञ्चाल गर्न लागेको हो ।
विभागका प्रवक्ता डा. लोकनाथ भुसालले सुरुमा पुराना आवेदकले मात्र परीक्षा सञ्चालन गरिने बताए । ‘‘विभागले करिब डेढ महिना अघिदेखि नै सबै किसिमका परीक्षा सञ्चालन गर्ने तयारी थालेको थियो तर सरकारले अनुमति नदिँदा अन्योलमा थियौँ,” प्रवक्ता भुसालले भने, “अब सुरुमा पुराना आवेदकको परीक्षा लिनेछौँ । तत्काल नयाँ खुलाइने छैन ।”
विभागले सबै यातायात व्यवस्था कार्यालयहरूलाई स्वास्थ्य मापदण्ड पालना गरेर सवारीचालक अनुमतिपत्र लाइसेन्सका परीक्षा सञ्चालन गर्न भनी गत बिहीबार नै पत्राचार गरिसकेकाे छ ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )