म्याग्दी, भदौ–१३, नेपाल टेलिभिजनबाट प्रस्तुत हुने कार्यक्रम दोहोरी च्याम्पियनको टप १६ मा शोभा कार्कीको समूह पुगेको छ । म्याग्दीको रघुगंगा गाउँपालिका- २ राखु भगवतीकी ( म्याग्देली चेली) शोभा कार्कीको टिमले टप १६ मा उत्कृष्ट प्रदर्शन गरेको छ । शोभा कार्कीको टिममा बागलुङका बालचन्द्र बराल रहेका छन् ।
सर्बाधिक राशिको दोहोरी च्याम्पियनको सिजन १ को टप १६ को प्रतिस्पर्धामा शोभा कार्कीको समुहले उत्कृष्ट प्रदर्शन गरेसंगै टप ८ मा पुर्याउनका लागि म्याग्दी, बागलुङ लगायत देश विदेशमा रहेका नेपालीहरुलाइ भोट गर्न आव्हान गरिएको छ ।
यो जित मेरो मात्रै नभएर सिंगो जिल्लाको पनि हो, म्याग्दी जिल्ला लोक दोहोरीको उर्वर भुमि हो, त्यसलाई कायम राख्न आफु लागिरहेको शोभा कार्कीले बताईन । उनले भनिन “मेरो टिममा बाग्लुंग कै सहकर्मी भएकोले अव यस क्षेत्रबाट अवश्य धेरै भोट पाउने आशा गरेकी छु । ”
आगामी चरणमा सफल बनाउनका लागि भोट महत्वपुर्ण रहेकोले म्याग्दीका दिदिबहिनी तथा दाजुभाईलाई भोट गर्न शोभाले आग्रह गरेकी छिन ।
प्रत्यक्ष दोहोरीको अदभुत क्षमता भएकी म्याग्देली चेलीशोभा कार्की सानै उमेर देखि अनेकन दुख र संघर्ष गर्दै यो क्षेत्रमा निरन्तर लागि रहेकी छिन । नेपाली लोक संस्कृति मार्फत आफ्नो गाउँ-ठाउँ , जिल्लाको नाम संसारभर आफ्नो कला र गलाको माध्यमबाट चिनाउने यात्रामा रहेकी शोभाले आफुलाई लाई जिताउन म्याग्दीका कलाकार र जिल्ला बासीसंग अनुरोध गरेकी छिन ।
नेपाल टेलिभिजनको एप (App) डाउनलोड गरि शोभा कार्किलाई भोट गर्न सकिने छ
भोटिंग कोड : DC 16
Send : 33001
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )