पर्वत, भदौ-८,
लागु औषध बोकेर कतार जान लागेको आरोपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक युवक पक्राउ परेका छन्। चितवनको खैरेनी-१० का २९ वर्षीय बुद्धिराज पाठकलाई मंगलबार बिहान साढे १० बजे पक्राउ गरिएको प्रहरीले जनाएको छ।
कतार एयरवेजको उडानद्वारा मंगलबार कतारको दोहा जान लागेका पाठकले लिई आएको कालो रंगको लगेजलाई विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान होल्ड ब्यागेज चेकिङ एरियामा स्क्रिन गर्ने क्रममा उक्त लगेजभित्र लागुऔषध गाँजा भेटिएको प्रहरीले जनाएको छ ।
ग्याष्ट्रिक हरण चूर्ण सगरमाथा आयुर्वेदिक औषधी उद्योग गोकर्नेश्वर १ काठमाण्डौं लेखिएको सिल गरेको बट्टाहरुभित्र उनले लागू औषध गाँजा आठ सय ग्राम लुकाई लैजान लागेको अवस्थामा फेला पारिएको हो ।
बरामद सामान सहित उनलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान एवं कारबाहीको लागि लागू औषध नियन्त्रण व्यूरो कोटेश्वर बुझाइएको प्रहरीले जनाएको छ ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )