चितुवा सबैभन्दा बढी कुद्नसक्ने मांसाहारी जङगली जनावर।चितुवा प्रति घण्टा ११०कि.मि कुद्न सक्छ।तिब्र गति बलिष्ठ शरिर बलिया दाह्रा नङग्राले गर्दा शिकार गर्न चितुवालाई सहज हुन्छ भन्ने ठम्माई छ।करिव६०\७०कि.मि कुद्न सक्ने मृगलाई चितुवाले सहजै शिकार गर्नु धेरैलाई सामान्य घटना लाग्न सक्छ।मृग नजिकिएको अनुभुति हुदा चितुवा झाडीमा शरिर लुकाएर शान्त मुद्रामा रहन्छ।समूहमा उमङग हुदै वरपर जङगलका घास टिप्दै मृग अगाडि बढिरहेको दृश्य चितुवाले बेस्सरी नियाल्छ।जति जति मृग चितुवा नजिक पुग्छ,चितुवा अझ सम्यमित बन्छ।मृग अनायस आँखा अगाडि चितुवा देख्दा अत्तालिन्छ।मृग जीबन बचाउन प्रयासरत रहन्छ तर अन्तमा चितुवाको फन्दामा पर्न बाद्य हुन्छ।बलियो शारिरिक सुगठन तिब्र गति प्रकृति प्रदक्त बलिया दाह्रा नङग्रा देख्दा चितुवाले मृगलाई सहजै शिकार गर्नुपर्ने हो र लामो समय झाडीको अभिनय फगत पनि लाग्न सक्छ धैरैलाई।चितुवाको गति तिब्र भएपनि सहजै मृग समात्न भने चितुवा असफल हुन्छ।मृग लामो समय कुदिरहन सक्छ।मृग कुद्नुलाई कर्म Passion र ध्यानको रुपमा लिन्छ र निरन्तरता दिईरहन्छ जसको कारण सिधै मृगलाई हमला गर्दा चितुवा असफल हुन्छ।पहिलो आक्रमणमा नै मृगलाई निशाना गर्न नसक्दा चितुवाको लागि भाग दौड चुनौति पूर्ण हुन्छ र भागेर मृग बच्ने सम्भावना बढ्छ।जङगलको बलियो तिब्र गति धारिला दाह्रा नङग्रा भएर पनि शिकार गर्ने क्रममा चितुवा आफ्नो सारा शक्तिलाई बिर्सेर ध्यानमग्न हुन्छ र सहजै एकै पटकको आक्रमणमा मृगलाई शिकार गर्न सफल हुन्छ।
कडा परिश्रम मेहनतले जीबनमा सफल बन्न सकिन्छ भन्ने आम मानिसको ठम्याई रहेको छ।किसान भरिया रिक्सावाल मजदुर रगत पसिना चुहाएर बेस्सरी मेहनत गर्छन् तर हातमुख जोर्ने समस्या हल गर्न पनि हम्मे हम्मे पर्छ।किसानको मजदूरको मेहनतको न त कदर हुन्छ न त प्रशिद्दि नै।पौडन जान्ने र नजान्ने मानिस पोखरीमा हामफाल्दा नजान्नेले मेहनत बढि गर्छ तर बाँच्न असफल हुन्छ।सङगै हाम्फालेको पौडीबाज पौडी खेल्नमा आनन्द लिन्छ।बिगतमा बालबालिका हरुलाई बेस्सरी मेहनत गर्न घोक्न कण्ठाग्र गर्न लगाईन्थ्यो।गुरूकुल प्रणालीमा अझ घोकेको कण्ठाग्र गरेको आधारमा बुझाइको मापन गरिन्थ्यो।सामान्य ज्ञानको ज्ञान भएका खरर अङग्रेजी बोल्न जान्नेलाई एकताका तिक्ष्ण बिद्यार्थीको सज्ञा दिईन्थ्यो।बिद्यार्थीहरुलाई अङग्रेजी भाषामा दक्खल होस् भन्ने अभिप्रायले शब्दभण्डार ज्ञानको लागि अङग्रेजी शब्द कोष घोक्न पनि लगाईन्थ्यो।सस्कृतका ॠचा श्लोक मन्त्रको अर्थ नबुझे पनि बिद्यार्थी कण्ठाग्र गर्थे। धैर्यता (Passion) निरन्तरको मेहनत र कर्मलाई ध्यानको रुपमा रुपान्तरण गर्न नसक्दा प्राप्त ज्ञान बिषय ज्ञान त बन्नसक्ला तर त्यो ज्ञानले ब्यक्तिको चिन्तन जीबनशैलिमा तात्विक असर पार्दैन केवल ब्यक्तिमा अहङकार मात्र बढाउछ।
कुरुक्षेत्रमा यूद्द कौशल अर्जुनमा धैर्यता गर्ने सहास नभएको समस्या देखि भाग्न खोज्ने समस्यालाई गहिराईमा बुझ्ने क्षमता नभएको भए भगवान श्रीकृष्णका वचनहरुअर्थबिहिन हुन्थे।कुरु क्षेत्रको कौरव र पाण्डव वीचको यूद्द समस्या रुपमा आएको थियो जसलाई राम्रो सङग ब्यबस्थापन नगर्दा यूद्द रथी अर्जुन र सारथी भगवान श्रीकृष्ण दुबैको अस्तित्व सङकटमा पर्ने निश्चित थियो।अर्जुन र भगवान् श्रीकृष्णको धैर्यताले महाभारतको घटनामा दुबै पात्र चर्चित कहलिए।बाह्र बर्षको बनवास एक बर्षको गुप्ताबासमा पाण्डबहरुले हदै सम्मको दु:ख झेले र पनि उनिहरुको धैर्यता सहनशिला प्रति सफलता नतमस्तक बन्यो।सौतेनी आमा कैकेयी को हठको कारण भगवान राम चौध बर्ष बनवास जीबन बिताउन बाद्य भए।बनवासमा थुप्रै उल्झन दुख समस्या धैर्य सहनशिल बन्दै पार लगाए जसका कारण राम सबैका दिलका राम आत्मराम कहलिए।गौतम बुद्ध ध्यानमा बेस्सरी अत्तालिए र पनि छ बर्षसम्म निरन्तर लागिरहे र भगवान गौतम बुद्धको रुपमा मुक्तपुरुष कहलिए।अनुसन्धान भन्छ पाँच बर्षसम्म निरन्तर रुपमा कुनैपनि क्षेत्रको अध्ययन साधनामा जुट्दा सफलता सहजै हात लाग्छ।
मानवसङग अथाह सम्भावना हुदाहुदै पनि काम क्रोध लोभ मोह अहङकारका कारण मानिस धन सम्पति पद प्रतिष्ठा प्राप्तिका लागि भौतारिन्छ।अधिकाम्स मानिसहरुमा धैर्यता समर्पण गर्ने बानिको अभाब हुन्छ।ज्ञान योग ध्यान प्राणायम सकारात्मक सोच आध्यात्मिक चिन्तन सात्विक भोजन सत्कर्मबारे धेरै मानिसहरु लोभिन्छन्।यसको अनुशरण अभ्यासले जीबन जगतमा आमुल परिबर्तनको ठम्याई हुदाहुदै पनि आममानिस छिर्न खोज्दैनन् यस भित्र र छिरेर पनि कम मात्र टिकिरहन्छन्।कतिपय मानिसहरु पुर्बजन्मको सस्कार आसुरी स्वभाबका कारण पात्रता नहुदा आध्यात्मिक क्षेत्रदेखि टाढै बस्न रुचाउछन्।गीतामा बर्णन गरे झै ज्ञान भक्ति ध्यान कर्म योगमा लाग्दा प्रतिफल आसा नराखी त्यसलाई जीबनको Passion निरन्तर रुपमा लाग्दै रम्नसके जीबनमा खुसीको सहजै अनुभुति गर्न सकिन्छ।
लेखक: नारायण रेग्मी सप्तगन्डकी बहुमुखी क्याम्पस चितवनका उप प्राध्यापक हुनुहुन्छ
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )