बेनी, भदौ-१४, महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको एजेन्सी म्यानेजर सम्मान तथा उत्प्रेरणा कार्यक्रम सम्पन्न भएको छ । महालक्ष्मी इन्स्योरेन्स लिमिटेडको धौलागिरि क्षेत्रको आयोजनामा शनिबार म्याग्दीको सदरमुकाम बेनीबजारमा कार्यक्रम गरिएको हो ।
कार्यक्रमको उद्घाटन गर्दै महालक्ष्मी लाइफ इन्स्योरेन्सका डेपुटी सिईओ रामेश्वर श्रेष्ठले जुनसुकै पशो, व्यवसाय र उमेरका व्यक्तिले पनि मुख्य तथा सहायक पेशाको रुपमा बीमाको काम गर्न सक्ने बताउनुभयो । उहाँले नेपालको बीमा क्षेत्रको सबैभन्दा कान्छो बीमा कम्पनीका रुपमा महालक्ष्मी आएको बताउँदै २०७५ माघबाट आफ्नो कारोबार सुरु गरेको महालक्ष्मीले बीमाङ्कको डबल भुक्तानी, तीनगुणा सुरक्षा लगायतका फरक योजनासहित सजिलो र उत्कृष्ट एजेन्सी सिष्टम बनाई अभिकर्तालाई काम गर्ने वातावरण सिर्जना गरेको जानकारी दिनुभयो ।
महालक्ष्मी इन्स्योरेन्सको बजार विभाग प्रमुख प्रशान्तराज धमलाले महालक्ष्मीले बीमितलाई लक्षित गरी ल्याएका नयाँनयाँ योजनाहरु, विभिन्न किसिमका स्किमहरु र यसका बलियो पक्षको विषयमा जानकारी गराउनुभएको थियो । सिईओ श्रेष्ठ र बजार विभाग प्रमुख धमलाले बीमाको उत्प्रेरणासम्बन्धी विभिन्न विषयहरुमा सहजीकरण समेत गर्नुभएको थियो ।
कार्यक्रमको अवसरमा सिनियर एजेन्सी म्यानेजर, एजेन्सी म्यानेजर, विभिन्न क्लब एचिभरलगायत विविध विधामा सम्मान गरिएको थियो । गएको आर्थिक वर्षमा बेनी शाखामार्फत उत्कृष्ट टिम लिडरतर्फ सिनियर एजेन्सी म्यानेजरहरुमा चिना बानियाँ कार्की प्रथम, थमसरा पुन द्वितीय र सुनिता बरुवाल तृतीय हुनुभएको छ ।
यसैगरी व्यक्तिगत कोडतर्फ सिनियर एजेन्सी म्यानेजरहरुमध्ये गीता फगामी प्रथम, दिलमाया बिटालु द्वितीय र मिना भण्डारी जिसी तृतीय हुनुभएको थियो । उत्कृष्ट हुने उहाँहरु सबैलाई सम्मानपत्र, मायाको चिनो, पुष्पगुच्छा प्रदान गरी खादा ओढाई अबिर लगाएर सम्मान गरिएको थियो ।
कार्यक्रममा महालक्ष्मी इन्स्योरेन्सका धौलागिरि क्षेत्रीय प्रमुख जमुना आचार्य, बेनी शाखा प्रमुख सावित्रा खत्रीसहित सबै कर्मचारीहरुलाई एजेन्सी म्यानेजरहरुले सम्मान गरेका थिए । गत आवमा महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड बेनी शाखा र धौलागिरि क्षेत्र महालक्ष्मीको देशैभरी रहेका ६३ शाखा र १ सयवटा बिक्री केन्द्रहरुमध्ये सबै विधामा उत्कृष्ट घोषित भएका छन् । कार्यक्रममा उत्कृष्ट टिम लिडरतर्फ प्रथम हुने सिनियर एजेन्सी म्यानेजर चिना बानियाँ कार्की र एजेन्सी म्यानेजर एवं म्याग्दी बहुमुखी क्याम्पसका सहायक प्रध्यापक नारायणप्रसाद सुवेदीले मन्तव्य राख्नुभएको थियो ।
महालक्ष्मी लाइफ इन्स्योरेन्सको धौलागिरि क्षेत्रीय प्रमुख जमुना आचार्यको अध्यक्षता र बेनी शाखा प्रमुख सावित्रा खत्रीको सञ्चालनमा सम्पन्न कार्यक्रममा सिनियर एजेन्सी म्यानेजर दिलमाया बिटालुले स्वागत गर्नुभएको थियो । बीमाको व्यवसायमा कान्छो कम्पनी भएता पनि महालक्ष्मीको व्यवस्थापन टिमको प्रमुख कार्यकारी अधिकृत (सिईओ) लामो समय बैंक तथा वित्तीय क्षेत्रको नेतृत्वदायी भूमिकामा रहनुभएको र नेपालको बीमा क्षेत्रमा पहिलो नेपाली व्यक्ति रमेशकुमार भट्टराई सिइओ हुनुभएको थियो ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )