काठमाडौँ, भदौ-१०, अफगानिस्तानको काबुल विमानस्थल बाहिर विस्फोट तथा गोलीबारी भएको छ । तालिबान सम्बन्ध एक अधिकारीका अनुसार बिहीबार साँझ भएको विस्फोटमा कम्तिमा ११ जनाको मृत्यु भएको छ । मारिनेमा बालबालिका र महिला पनि रहेको ती अधिकारीको भनाइ छ । घटनामा तालिबान लडाकुसहित थुप्रै सर्वसाधारण पनि घाइते भएको ती अधिकारीलाई उल्लेख गर्दै बीबीसीले जनाएको छ ।
हालसम्म प्राप्त जानकारीमा विमानस्थलको गेटमा विस्फोट भएको थियो । त्यस क्षेत्रमा बेलायती सैनिक तैनाथ थिए । एक अमेरिकी अधिकारीले समाचार एजेन्सी रोयटर्ससँग कुराकानी गर्दै उक्त विस्फोट आत्मघाती भएको बताएका छन् । काबुल विमानस्थलमा आतंकवादी हमलाको सूचना प्राप्त भएपछि तीनवटा गेटहरू बन्द गरिएका थिए । विस्फोट त्यही गेट मध्ये एकमा भएको हो ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )