पर्वत, भदौ-१०, पर्वतका सातवटा स्थानीय तहमा झण्डै १० करोड बेरुजु देखिएको छ । पर्वतका दुई नगरपालिका र पाँच गाउँपालिका सहित सात स्थानीय तहमा ९ करोड ७५ लाख ९१ हजार बेरुजु देखिएको हो ।
महालेखा परिक्षकको कार्यालयले सार्वजनिक गरेको लेखा परिक्षण प्रतिबेदन अनुसार पर्वतका सात वटा पालिकाको ६ अर्ब ७९ करोड ५० लाख २० हजार बजेटको लेखापरीक्षण गर्दा १.२४ प्रतिशत बेरुजु देखिएको हो ।
प्रतिबेदन अनुसार पर्वतमा सबैभन्दा धेरै बेरुजु कुस्मा नगरपालिकाको देखिएको छ भने सबैभन्दा कम पैंयु गाउँपालिकामा देखिएको छ ।
जलजला गाउँपालिकामा १ दशमलब ०६ प्रतिशत बेरुजु देखिएको छ । जलजलामा ९३ करोड ६८ लाख ४६ हजार रुपैयाको लेखापरिक्षण गर्दा ९९ लाख २६ हजार बेरुजु देखिएको छ ।
महालेखापरीक्षकले सार्वजनिक गरेको प्रतिवेदनमा जिल्लाका सम्पूर्ण पालिकाहरुमा गत आर्थिक बर्षको तुलनामा बेरुजु घटेको देखिएको छ । देशभरका स्थानिय तहको औषत बेरुजु प्रतिशत ५ रहेको छ ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )