बेनी, भदौ-९, बेनीको शिवालय बालक्लवले आर्थिक सहयोग संकलन गरेको छ । शुक्तला गण्डकी नगरपालिका -५ तनहुका ९ महिने बालक महम्मद उस्मान अलिको उपचारको लागी क्लवले रकम संकलन गरेको हो ।
बुधबार बेनीबजारमा क्लवले ५ हजार ५ सय १० रुपैयाँ संकलन गरेको क्लवका सदस्य अभिनाश आचार्यले बताएका छन् । तनहुका ९ महिने बालक स्पाइरल मस्कुलर एट्रोफी नामक रोगबाट ग्रसित छन् । यो रोगको उपचार महँगो भएकोले उनको उपचारको लागी अभियान संचालन गरेर उपचार खर्च जुटाउन थालिएको हो ।
“हामीले पनि थोरै सहयोग भएपनि गर्न सक्छौं भनेर यसरी पैसा उठाएर पठाउन लागेका हौँ ।” क्लवका सदस्य आचार्यले बताए । शिवालय बाला क्लवमा बेनी सामुदायिक विद्यालय र प्रकाश माविमा अध्ययन गर्ने विद्यार्थीहरु आवद्द छन् । उनीहरुले भोलि नै आफुहरुले संकलन गरेको रकम बैक खातामा जम्मा गरिने बताए ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )