काठमाडौं, भदौ-८, भौतिक उपस्थितिमै कक्षा १२ को परीक्षा गराउन संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ । संसदको शिक्षा तथा स्वास्थ्य समितिले आज जनस्वास्थ्यका मापदण्ड पालना गरी भौतिक उपस्थितिसहित परीक्षा गराउन निर्देशन दिएको हो ।
समितिका सभापति जयपुरी घर्तीले अन्य परीक्षाहरु भइरहेको भन्दै कक्षा १२ को परीक्षा गराउन निर्देशन दिएकी हुन् । समितिमा सांसदहरुले कक्षा १२ को परीक्षा छिटो गराउन समिति सभापतिको ध्यानाकर्षण गराएका थिए ।
कोरोना संक्रमणलाई मध्यनजर गर्दै कक्षा १२ को परीक्षा स्थगित भएको थियो । समिति सदस्य अन्जना बिशन्खेले परीक्षा जनस्वास्थ्य मापदण्डसहित गराउनुपर्ने भन्दै शैक्षिक सत्र बिथोल्न नहुने सुझाव दिएकी थिइन् ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )