काभ्रे, भदौ-६, भकुण्डेबेशीस्थित जनक क्याम्पसमा रहेको आइसोलेसनमा भर्ना भएका कोरोना संक्रमितलाई स्वास्थ्यकर्मीले राखि बाँधिदिएका छन् ।
पीपीई सेटसहित खटिएका स्वास्थ्यकर्मीहरूले स्वास्थ्य मापदण्ड पालना गर्दै उनीहरूको सुस्वास्थ्य एवं दीर्घायुको कामनाका साथ राखी र टिका लगाइदिएका हुन् ।
जनैपूर्णिमा तथा रक्षाबन्धन पर्व देशभर खुसीयाली साथ मनाइरहँदा आइसोलेसनमा बसेका बिरामीलाई चाडपर्वको समयमा एक्लोपन महसुस नहोस् भनेर राखी बाँधिदिने टिका लगाइदिने काम भएको आइसोलेसन केन्द्रकी इन्चार्ज मथुरा सत्यालले बताउनुभयो ।
आइसोलेसनमा ३० बर्षदेखि ७६ बर्षसम्मका बिरामी भर्ना भएका छन् । उक्त आइसोलेसन केन्द्र नमोबुद्ध नगरपालिका र रोशी गाउँपालिकाले संयुक्तरुपमा स्थापना गरेका हुन् । आइसोलेसन केन्द्रमा हाल १० जना संक्रमित छन् ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )