पर्वत, भदौ-६, पर्वतको कुश्मा नगरपालिकाका दुई वटा वडा पुर्ण रुपमा सिल गरिएको छ । कुश्मा नगरपालिका ९ कटुवाचौपारी र १० पिपलटारी गएराती १२ बजेदेखि लागु हुनेगरी भदौ १५ गते सम्म सिल गरिएको हो ।
भदौ १ गते ६४ जनाको पिसिआर परिक्षण गरिएकोमा दुई वडाका मात्रै २२ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएपछि थप संक्रमण फैलन नदिनका लागि १० दिनका लागि पुर्ण रुपमा सिल गर्ने निर्णय गरिएको पिपलटारीका वडा अध्यक्ष सुजन विक अमरले जानकारी दिए ।
वडा सिफारीस र सिसीएमसीको स्वीकृतिमा सिल गरिएको हो । उनका अनुसार अत्यावश्यक खाद्यान्नका पसलहरु विहान ८ देखि ९ बनजेसम्म र साँझ ५ देखि ६ बजेसम्म मात्र खोल्न पाईने भएको छ ।
अहिले पर्वत जिल्लामा सक्रिय संक्रमितको संख्या तीन सय भन्दा बढि रहेको छ । सदरमुकाम भन्दा ग्रामीण क्षेत्रमा संक्रमणको दर उच्च रहेको पाईएको छ ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )