– राजन घिमिरे
कुल आचार्यलाई धेरैले सोध्ने गर्छन -‘समाज सेबामा लागेर के पाउंनु भयो ? सामाजिक अभियन्ता भएर के भयो …?’ आचार्यले आफ्नो लामो प्रबासी जिबनको यात्रामा यी र यस्ता थुप्रै प्रश्नहरू धेरै पटक झेलिसकेका छन । तर पनि समाजसेबा र सामाजिक अभियन्ताको दौडमा उनले आफूलाई कहिले पनि कमजोर रूपमा प्रस्तुत गरेनन् ।
लिन होइन, भएको दिन र बांडेर खान अनि भाईचारा बढाउंदै गैह्र आबासीय नेपालीहरूसंग हातेमालो गर्दै अगाडि बढ्ने नै जिबनको धेय भएको ठानेका, सोचेका र यसलाई नै उद्देश्य बनाएका आचार्य बेलायत बसेको पनि धेरै भैसक्यो ।
पर्वतको उत्तरी भेग धाइरिंग मा जन्मिएर बेलायत कर्मथलो बनाएता पनि नेपाल लगायत बिभिन्न देशमा रहनु हुने गैह् आबासीय नेपालीहरू माँझ कुलले राम्रै पहिचान र उपस्थिति जनाउंदै आएका छन र जनाइरहेका छन ।
प्रबासी नेपालीहरूको साथ, समर्थन र हौसला पाएकै कारण कुल आचार्यले गैह् आबासीय नेपाली संघको आगामी कार्यकाल २०२१-२०२३ का लागि अध्यक्ष पदमा उम्म्मेदवारी दिने घोषणा गरेका छन । गैह् आबासीय नेपाली संघ बेलायत र केन्द्रसंग लामो समयदेखी आबद्द रहेर नेपाल र नेपालीक़ो हक हितको पक्षमा आबाज उठाउंदै अगाडि बढेका आचार्यको यस पटकको अध्यक्ष पदको उम्मेदवारीलाई गैह् आबासीय नेपालीहरूले सकारात्मक रूपमा हेरेको पाईएको छ ।
आचार्यको उम्मेदवारीको घोषणासंगै तातेको माहौल सांच्चै यस पटक कुलको पक्षमा नयां जोश र जांगरका साथ अगाडि बढेको देखिन्छ । ‘पद्दती र पारदर्शिता, समाजसेबी एनआरएनए हाम्रो प्रतिबद्धता…’ भन्ने मूल नारा, सोच र उद्देश्यलाई शिरोधार्य गर्दै अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका आचार्य गैह् आबासीय नेपालीहरू माँझ, सभ्य, शालिन, भद्र र सहयोगी मनका ब्यक्तिका रूपमा पनि चिनिन्छन ।
एनआरएन न्युजको सहयोगमा
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )