पर्वत, भदौ-३, पर्वतको जलजला गाउँपालिका अध्यक्षलाई पक्राउ पुर्जी जारि गरिएको छ । जिल्ला अदालत कास्कीले गाउँपालिका अध्यक्ष यामवहादुर मल्ललाई लेनदेन मुद्दामा गत चैत २७ गते मल्ललाइ ६ महिना कैद सजाय सुनाएको थियो । गाउँपालिका अध्यक्ष मल्ललाई चार महिना बितिसक्दा पनि पक्राउ नगरेपछि अदालतले जिल्ला प्रहरी कार्यालय पर्वतलाई फैसला पत्र लेखी पक्राउ गरि अदालतमा पेश गर्न आदेश दिएको हो ।
ध्रुववहादुर थापा र गाउँपालिका अध्यक्ष मल्लबीचको लेनदेन विवाद अदालत पुगेको थियो । अदालतको ताकेतापछि जिल्ला प्रहरी कार्यालय पर्वतले गाउँपालिका अध्यक्ष मल्ललाई पक्राउ गर्न खोजी थालेको छ । अदालतको पत्रमा उहाँलाई जिल्ला काराकार कास्की चलान गर्न समेत भनिएको छ । मल्ल नेपाली कांग्रेस पर्वतका प्रभावशाली नेता । निर्माण व्यवसायीसमेत रहेका उनी आगामी महाधिवेशनमा जिल्ला सभापतिका दावेदार हुन् ।
उता अध्यक्ष मल्लले साथीले गाडी किन्दा जमानीमात्रै बसेको भन्दै उनले पैसा तिर्नुपर्ने बताए । हालसम्म आफुले कतै, कुनैपनि बेइमान नगरेको भन्दै उनले आजै करिब २० लाख रुपैयाँ थापाको बैंकखातामा जम्मा गरेको उल्लेख गरे । ‘म राजनीति गर्ने मान्छे हुँ, म कतै भाग्ने होइन’, मल्ल भन्छन् ‘तर अड्डा अदालत जाने कामले मेरो अनाहकमा बदनामी गर्ने काम भयो ।’ सुरुमा गाडी किन्दा १० लाख रुपैयाँको जमानी बसेको मल्लले स्वीकारेका छन् ।
व्यवसायी थापाले पनि रकम जम्मा भएको खबर पाएको बताएका छन् । लामो समयसम्म पैसा नआएपछि अदालत गएको थापा बताउँछन् । ‘पैसा जम्मा गरिदिएका छन्, खासै ठूलो विषय होइन’ थापाले भने । यद्यपि, मल्ल जमानी बसेको नभई लोनमा रहेको गाडीे सकारेपछि उनीविरुद्ध लेनदेनमा मुद्दा चलाइएको थापाले जनाए ।
अदालतको आदेश :
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )