पर्वत, भदौ-१, जिल्ला सदरमुकाम कुश्मा बजारमा प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकट युवा संगठनले राँके जुलुस प्रदर्शन गरेको छ । देउवा सरकारले ल्याएको दल विभाजन सम्बन्धि अध्यादेशको विरुद्धमा युवा संघले सदरमुकाम कुश्मा बजारमा जुलुस प्रदर्शन गरेको हो ।
जिल्ला पाटी कार्यालय कुश्मा बजारबाट निस्केको राँके जुलुस मैत्री चोक, धनेश्वर चोक हुँदै शिवालय चोकमा पुगेको थियो । पाटी कार्यालयबाट निस्केको जुलुस माथि भने प्रहरीले हस्तक्षेप गरेको छ । प्रहरीले जुलुस नियन्त्रण गर्न नसकेपछि शसस्त्र प्रहरी समेत परिचालन गरिएको थियो । यस अघि जुलुस धर्ना तथा आन्दोलनहरुमा नेपाल प्रहरीले सुरक्षा दिदै आए पनि आजको राँके जुलुसमा शसस्त्र प्रहरीले समेत जुलुस माथि हस्तक्षेप गरेको थियो ।
उता प्रमुख जिल्ला अधिकारी देवी खत्री पाण्डेले भने कोभिडको सुरक्षा र अन्य सुरुक्षाको ‘ब्याकमा’मा मात्र शसस्त्र प्रहरी परिचालन हुने गरको भन्दै आजको जुलुस नियन्त्रण गर्न शसस्त्र परिचालन भएको विषयमा अनविज्ञता जनाईन् ।
जुलुसमा सहभागी युवाहरुले भने देउवा सरकारले दमनको नीति लिएको भन्दै प्रहरी हस्तक्षेपको विरोध गरेका थिए । हातमा राँको लिएका युवा संघका कार्यकर्ताहरु शिवालय चोकमा पुगेर सक्षिप्त कोण सभा गरेका थिए । कोण सभामा युवा संघका जिल्ला अध्यक्ष थमनारायण पौडेलले सम्बोधन गर्दै युवाहरुको आन्दोलनमा परामेशवाला सरकारले निरन्तर हस्तक्षेप गरे जनआन्दोलनको आँधी ल्याउने बताए । उनले एमाले दललाई लक्षित गरेर सरकारले चोरबाटो बाट ल्याएको अध्यादेश गलत रहेको भन्दै एमाले एक ढिक्का देख्न नसक्नेहरु अध्यादेशको पछि लागेको समेत बताए ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )