पोखरा, साउन-३०, शनिबार गण्डकीका ३१७ जनामा कोरोना पुष्टि भएको छ। प्रदेश स्वास्थ्य निर्देशनालयको दैनिक कोरोना सम्बन्धी विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका ८६७ जनामा गरिएको नमुना परीक्षणमा थप ३१७ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो।
आज संक्रमण पुष्टि हुनेमा गण्डकीका नौ जिल्लाका छन् । जसअन्तर्गत कास्कीका १९६ जना, तनहुँका एक जना, गोरखाका एक जना, लमजुङका एक जना र नवलपुरका ४० जनामा कोरोना पुष्टि भएको छ ।
यस्तै स्याङ्गजाका १५ जना, पर्वतका एक जना, बागलुङका २७ जना र म्याग्दी जिल्लाका एक जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।
त्यस्तै, शनिबार गण्डकीमा थप दश जनाको मृत्यु पुष्टि भएको छ । आज मृत्यु पुष्टि हुनेमा नवलपुरका एक जना, गोरखाका एक जना, बागलुङका एक जना, स्याङ्गजाका एक जना, म्याग्दीका एक जना र कास्की जिल्ला पोखरा महानगरका विभिन्न वडाका पाँच जना छन् ।
आज मृत्यु पुष्टि भएकासंगै गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ११८० पुगेको निर्देशनालयले जनाएको छ ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )