पर्वत, साउन-२९, पर्वतको कुश्माको एक मेडिकलमा आगलागी भएको छ । बिद्युत् लाइन सर्ट भएर आगलागी हुँदा कुश्मा नगरपालिका स्थित एक मेडिकलमा लाखौँको क्षति भएको छ ।
कुश्मा नगरपालिका -६ शिवालय चोकमा रहेको मणि मेडिकलमा शुक्रबार राति १० बजे भएको आगलागीबाट २० लाख रकम बराबरको क्षति भएको छ ।
स्थानीय यम नारायण शर्माले सञ्चालनमा ल्याएको मेडिकलमा भएको आगलागीबाट दुई लाख ५० हजार नगद, औषधि र अन्य सामग्री गरेर अन्दाजी २० लाख बराबरको क्षति भएको प्रहरी वरिष्ठ उपरीक्षक नर बहादुर केसीले जानकारी दिनुभयो ।
प्रहरीले राति नै स्थानीयको सहयोगमा आगलागी नियन्त्रणमा लिएको जनाएको छ ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )