बेनी, साउन-२९, वेष्ट पोइन्ट विद्यालय म्याग्दीले विद्यालयका कर्मचारी प्रमोद शर्मालाइ आर्थिक सहयोग गरेको छ । शुक्रबार विद्यालयमा आयोजित एक कार्यक्रममा वेष्ट पोइन्ट एजुकेशन फाउन्डेसन म्याग्दी प्रालि मार्फत ४१, ००० र शिक्षक कर्मचारीहरुबाट ५० हजार गरि कुल ९१ हजार रुपैयाँ हस्तान्तरण गरिएको छ । शर्माले बेनीको न्युरोडमा संचालन गर्नुभएको रघुगंगा जुस कर्नर एन्ड डेरीमा गत मंगलबार बिहान अकस्मात आगलागी हुँदा पसल जलेर पुर्ण रुपमा नष्ट भएको थियो ।
शुक्रबार विद्यालयमा आयोजित एक कार्यक्रमामा फाउन्डेसनका अध्यक्ष हरिकृष्ण श्रेष्ठ, सदस्य सुबासकुमार श्रेष्ठ, यज्जन्लाल शाक्य र प्रिन्सिपल डिबी दाहालले संयुक्तमा हस्तान्तरण गर्नु भएको हो । आफ्नै कर्मचारी र सहकर्मीलाई परेको बिपतमा थोरै भएपनि राहत पुगोस भनेर विद्यालय संचालक र शिक्षकहरुले उक्त रकम प्रदान गरिएको अध्यक्ष हरिकृष्ण श्रेष्ठले बताउनुभयो ।
प्रिन्सिपल डीबी दाहालले एक मेहेनती र लगनशील कर्मचारी शर्मा फेरीपनि आफ्नो ब्यबसाय शुरुवात गर्नुहुनेछ हामिसबैको सहयोग र सद्भाव उहाँप्रति रहिरहने बताउनुभयो । आफुहरु एक परिवार भएको र एकलाई पर्दा अर्कोले सहयोग नगरे कसले गर्ने उहाँले भन्नुभयो । विद्यालयले यस भन्दा अगाडी पनि विपदमा परेका शिक्षकहरुलाई सहयोग गर्दै आइरहेको छ ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )