बेनी, साउन-२६, नेपाल पत्रकार महासंघ म्याग्दीले शाखाका सह–सचिव प्रमोद शर्मालाई राहत सहयोग गरेको छ । शाखाले मंगलबार संकलन गरेको ७५ हजार रुपैयाँ सह–सचिव शर्मालाई सहयोग गरेको हो ।
बेनीबाट प्रकाशित हुने रुप्से दैनिकका सम्पादक समेत रहनुभएका शर्माले सञ्चालन गरेको बेनीको न्युरोड स्थित रघुगंगा जुस कर्नर एण्ड डेरी मंगलबार बिहान २. ३० बजे को समयमा आगलागीबाट पुर्ण रुपमा जलेर नष्ट भएको छ । आगलागिबाट पुर्ण क्षति भएपछि तत्काल व्यवस्थापनको लागि महासंघले राहत सहयोग रकम जुटाएको हो ।
तत्कालका लागी महासंघ म्याग्दी शाखाले स्थापना गरेको पत्रकार आपतकालिन कोषबाट दश हजार, शाखाका सदस्य , साधारण सदस्य तथा बेनी स्थित समाजसेवीहरुबाट संकलित ६५ हजार गरी ७५ हजार रुपैयाँ सहयोग गरिएको शाखाका अध्यक्ष प्रकाश पौडेलले बताउनुभयो ।
यस्तै अध्यक्ष पौडेलले विपदको समयमा सहयोग गर्न सबैलाई आह्वान समेत गर्नुभएको छ । ‘पत्रकारीता क्षेत्रमा क्रियाशिल सह-सचिव शर्माद्धारा संचालित डेरी आगलागिबाट पुर्ण रुपमा जलेर नष्ट भएको अप्रत्यासित घटनाले दुखित बनाएको छ । विपदको समयमा तत्काल व्यवस्थापनका लागि राहत सहयोग गरिएको छ ,’अध्यक्ष पौडेलले भन्नुभयो ।
विद्युत सर्ट भइ आगलागि भएको हुन सक्ने अनुमान गरिएको छ । आगलागिबाट उहाँको पसल संगै जोडिएको एक किराना पसल र गोदाम समेत जलेर नष्ट भएको छ ।
पछिल्लो समयमा महासंघले विपदमा परेका आफ्ना सदस्यहरुलाई पत्रकार आपतकालिन राहत स्थापना गरी सहयोग गर्दै आएको छ ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )