जलजला, साउन-२५, जलजला गाउँपालिकाको महत्वपूर्ण सडक “मिलनचोक-रातमाटा सडक” कालोपत्रेका लागि डिपिआर शुरु भएको छ । उक्त सडक संघिय सरकार अन्तर्गतको ग्रामीण सडक सञ्जाल सुधार आयोजना (आरसिआइपि) मार्फत कालोपत्रे हुन लागेको हो ।
गत बर्ष नै डिपिआर निर्माण गरी सडक कालोपत्रेका लागि टेण्डर आब्हानको तयारी भएपनि कोरोना संक्रमणका कारण काम प्रभावित भएको प्रतिनिधि सभाका सांसद पदम गिरीले जानकारी दिनुभयो । उहाँका अनुसार डिपिआर निर्माण लगतै सडक कालोपत्रेको चरणमा प्रवेश गर्नेछ ।
जलजला गाउँपालिकाको महत्वपुर्ण सडक निर्माण हुँदा माझफाँटका केहि वस्ती तथा लेकफाँट र शालिजाको पुरै वस्ती लाभान्वित हुनेछ । जिल्लाको महत्वपूर्ण पर्यटकीय स्थल हम्पालको लेक, डाडाँकटेरी पुग्नका लागि समेत यो सडक सहज हुनेछ ।
आरसिआइपि मार्फत निर्माण कार्यको चरणमा रहेका जिल्लाका अन्य ७ वटा सडक मध्ये यो सडक एक हो । ओली सरकारले अघि सारेका विकास आयोजनाका क्रमागत योजनाहरुलाई यो सरकारले पनि ग्रहण गर्दै जनताको विकासको चाहना पुरा गर्न कसैले बाधा पुराउन नहुने सांसद गिरीले बताउनुभयो ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )