पर्वत, साउन-२३, यस वर्ष जिल्लाबाट पठाएको नतिजा प्रमाणीकरणको काम मात्र गरेर एसईईको नतिजा सार्वजनिक गरिएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।
परीक्षा नियन्त्रक रुद्र अधिकारीका अनुसार यस वर्ष गत सालजस्तो समग्रमा कुन ग्रेड कति जनाले ल्याए भनेर छुट्याइएको छैन । उहाँले भन्नु भयो ‘आफैँले मूल्यांकन पठाएकोले स्कुल स्कुलबीच प्रतिस्पर्धा गर्नुको अर्थ देखिएन । त्यसैले आएको नतिजा प्रमाणीकरणको काम मात्र गरेका हौं,’ ‘जिल्लाबाट जस्तो आयो त्यही अनुसार प्रमाणीकरण गरेर सार्वजनिक गरेका छौँ ।’
यस वर्ष ४ लाख ८४ हजार २७८ विद्यार्थीहरूको नतिजा प्रमाणीकरण गरेको बोर्डले जानाकारे दिएको छ । नेपाल सरकारको निर्णयका आधारमा एसईईको नतिजा विद्यालयको आन्तरिक मूल्यांकनका आधारमा बोर्डले प्रमाणीकरण गरेको हो ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )