एजेन्सी, भारतको तिरुवरुर जिल्लाको कक्षा नौ मा अध्ययनरत विद्यार्थी एसएस माधवले हत्केलाको आकाको कम्प्युटर बनाएका छन् ।मुख्यमन्त्री स्टालिनले उनको अद्भुत रचनाको लागी बधाइ दिँदै शुभकामना दिएका छन् । माधवको आविष्कारको सराहना गर्दै स्टालिनले माधवलाई कम्युटरसम्बन्धी अध्ययन र अनुसन्धानका लागि सहयोग गर्ने बताए ।
कोभिडका कारण विद्यालय बन्द हुँदा माधवले अनलाइनमा जाभा, पाइथन, सी, सी प्लस प्लस र कोटलिन जस्ता सफ्टवेयर प्रोग्रामहरुको अध्ययन गरे । पछिल्लो दुई बर्ष उनले हत्केलाको आकारको सीपीयू निर्माणमा समय बिताए र उनी सफल पनि भए । उनले मुम्बईका विक्रेताहरुबाट आवश्यक पार्ट्स, मदरबोर्ड खरिद गरी डिजाइन गरेका थिए।
माधवका अनुसार २० पटक असफल भएपछि उनले २१ औं प्रयासमा सफलता प्राप्त गरेका थिए । उनीले ८ हजार रुपैयाँमा मिनी सीपीयू अनलाइनमार्फत बेच्न थालेका छन्। उनले टेराबाइट इंडिया सीपीयू मैन्युफैक्च रिंग कम्पनी नामक एक कम्पनी पनि खोलेका छन् ।
एक टेलिभिजन च्यानलसँग कुरा गर्दै माधवले विभिन्न आउटलेटहरु १,००० देखि २,००० रुपैयाँ सम्म खुद्रा बेच्न चाहेको बताए । उनले अहिलेसम्म १५ वटा सीपीयू बनाएर बेचिसकेका छन् । माधवकी आमाका अनुसार लकडाउनमा समय बर्बाद नगर्न माधवले कम्प्युटर कक्षासमेत लिएका थिए ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )