काठमाडौं, साउन-१९, ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री पम्फा भुसालले पदबाट राजीनामा दिन गरेको आग्रहलाई नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले ठाडै इन्कार गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाकै अगाडि शाक्यले पदबाट राजीनामा नदिने प्रष्ट पारेका हुन् ।
प्रधानमन्त्रीको सचिवालयबाट बोलावट भएपछि २०७८ साउन १९ गते मंगलबार बिहान ११ः३० बजे प्रधानमन्त्री निवास बालुवाटार पुगेका शाक्यलाई ऊर्जा मन्त्री भुसालले राजीनामा दिन आग्रह गरेकी थिइन् । जवाफमा शाक्यले राजीनामा नदिने प्रष्ट भाषामा जवाफ दिएको स्रोतले बतायो ।
‘ऊर्जा मन्त्री भुसालले साउन १९ गते मंगलबार बिहान प्रधानमन्त्रीको अगाडि नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकसमक्ष राजीनामा माग गरेकोमा शाक्यले आफूले राजीनामा नगर्ने जवाफ दिएका छन्,’ स्रोतले भन्यो ।
पदबाट राजीनामा दिन दबाब झेलेका शाक्यले मन्त्रिपरिषद्बाट यसबारे निर्णय लिन प्रधानमन्त्रीकै अगाडि ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री पम्फा भुसाललाई चुनौती पनि दिएका छन् । पूर्ववर्ती केपी शर्मा ओली नेतृत्वको सरकारले प्रक्रियासम्मत ढंगले नियुक्त गरेकाले उनलाई बर्खास्त गर्न मिल्दैन । गरिहालेमा उनी अदालतबाट पुनर्वहाली हुने अवस्था रहेकाे स्राेतकाे दावी छ । श्रोत: साँघु अनलाइन
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )