म्याग्दी, साउन-१७, म्याग्दी उद्योग वाणिज्य संघले स्थापनाको पचासौं बर्ष स्वर्ण वर्ष) मनाएको छ । यस अवसरमा जिल्लामा कोरोना भाइरस नियन्त्रणमा सहयोग पुर्याउने उदेश्यले स्वास्थ्य सामाग्री सहयोग गरेको छ । संघले जिल्लाको बेनी अस्पताल, ६ वटा स्थानीय तह, बालगृह र पत्रकार महासंघ म्याग्दीलाई गरि १ लाख ७० हजार बराबरको स्वास्थ्य सामाग्री सहयोग गरेको हो ।
बेनी अस्पतालमा एक कार्यक्रमका बीच नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य कुविर कुमार श्रेष्ठ, महासंघका पूर्व उपाध्यक्ष प्रमोद श्रेष्ठ, निर्वतमान उत्तम कुमार कर्मचार्य, मानर्थ सदस्य नैन कुमार श्रेष्ठ लगायतले बेनी अस्पतालका नि मेडिकल सुपरिटेन्डेन डा. दिवान कार्की, बाल संगठनका अध्यक्ष राजेश शाक्य, नेपाल पत्रकार महासंघका अध्यक्ष प्रकाश पौडेललाई सामाग्री हस्तान्तरण गर्नु भएको हो ।
साउन महिना लागे यता जिल्लामा कारोना संक्रमितको संख्या बढ्दै गएका कारण संक्रमण न्यूनिकरणका लागि माक्स, सेनिटाइजर लगायतका स्वास्थ्य सामाग्री प्रदान गरिएको संघका अध्यक्ष बेल बहादुरले जानकारी दिनुभयो । संघको पालिका स्तरमा रहेका ईकाइहरु मार्फत स्थानीय तहहरुलाई समेत सामाग्री उपलब्ध गराईने उद्योग बाणिज्य संघले जनाएको छ ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )