जलजला, साउन-१७, पर्वतको जलजला गाउँपालिकाका विद्यालयहरुको लागी तिन दिने ईमिस (IEMIS) तथा अनलाइन कक्षा सम्बन्धि तालिम शुरु भएको छ ।
एकीकृत शैक्षिक ब्यबस्थापन सुचना प्रणाली ईमिस (IEMIS) अपडेट गरेर विद्यालय तथ्यांकलाई अपडेटगरि सूचना प्रणालीलाइ अनलाइनमा राख्नका लागी तालिम संचालन गरिएको गाउँपालिकाका प्रशासकीय प्रमुख राजेन्द्र बहादुर क्षेत्रीले बताउनुभयो ।
उहाँका अनुसार जलजला-७ धाइरिंगमा रहेको फर्से धाइरिंग माध्यमिक विद्यालय,वडा नं ३ माझफाटमा रहेको विध्या ज्योति माध्यमिक विद्यालय, वडा नं -५ लेखफाटमा रहेको ग्राम प्रकाश माध्यमिक विद्यालय र वडा नं ८ नाग्लिवांगमा रहेको जनकल्याण माध्यमिक विद्यालयमा तालिम संचालन गरिएको हो ।
चार ठाउँमा केन्द्र राखेर संचालन गरि वरिपरिका विद्यालयहरुलाई तालिममा सहभागी गरिएको छ । तालिममा सामुदायिक र संस्थागत विद्यालयका गरी ५० जना शिक्षकहरुको सहभागिता रहेको छ। तालिममा ईमिस (IEMIS) मा तथ्यांक अपडेट गराउने तरिका, सफ्टवेयरमा राखिएका नयाँ विशेषताहरु सहित बैकल्पिक सिकाइ सहजीकरण अन्तर्गत अनलाइन माध्यमबाट कक्षा संचालन गर्दा त्यसलाई प्रभावकारी बनाउने विभिन्न बिषयमा छलफल हुने गाउँपालिकाले जनाएको छ। तालिममा ईमिस (IEMIS) सम्बधि काम गरिरहेका अनुभवी शिक्षकहरु र कुश्माबाट समेत विषयविज्ञ बोलाएर सहजीकरण गरिएको छ ।
प्रमुख प्रशासकीय अधिकृत क्षेत्रीले अवपनि अनलाइनमा सुचना अपडेट गर्न विद्यालयलाई स्थानीय तह र संघिय सरकारले सुबिधा दिन नसक्ने बताउदै यस वर्षबाट इमिश अपडेटको कामलाई अनिबार्य रुपमा संचालन गरिने बताउनुभयो । साउन १६ गते देखि शुरुभएको तालि १८ गते समापन हुनेछ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )